Logo

प्रतिनिधि सभा वि’घटन गर्दै चुनावको मिति घोषणा गरेपछि नेकपा (माओवादी)ले प्रेस बिज्ञप्ति


गए राति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा वि’घटन गर्दै चुनावको मिति घोषणा गरेपछि नेकपा (माओवादी)ले कडा प्रेस बिज्ञप्ति निकालिएको छ।

प्रेस बिज्ञतिमा नेकपा (माओवादी)को अध्यक्ष गोपाल किरातीद्धारा जारी गरिएको हो । संयुक्त आ’न्दोलनमा हाम्रो पार्टीका तर्फबाट “संविधानको समाजवादी पुनर्लेखन कार्यसूची” मा विशेष जोड गरिने समेत बिज्ञप्तिमा उल्लेख गरेका छन ।

‘कोभिड १९ को का’रागारभित्र देशब्यापी जनतालाई बन्दी बनाएर फेरि नहुनेरनगर्ने निर्वाचनको मिति घोषणा जस्ता एमाले सरकारको हर्कतलाई हाम्रो पार्टीले “घोर प्र’तिगमन र इण्डो/अमेरिकी दा’सता थोपर्ने अ’पराध” भनिसकिएको छ। यसै क्रममा श्री खड्गप्रसाद ओली तथा श्री बिध्या भण्डारीले मध्येरातको दाउ पारेर प्रनिधिनिसभा बि’घटन गरेको वि’रुद संसदमा रहेका पाँच दलीय गठबन्धनले संयुक्त विज्ञप्तिद्वारा  “सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायलाई एकजुट हुन आव्हान गरेको” प्रति हाम्रो पार्टी नेकपा (माओवादी) सक्रीय समर्थन गर्दछ’ किरातीले आज विज्ञप्ति निकालेर भनेका छन्।

बिज्ञप्तिमा लेखिएको छ, ‘उपरोक्त ०७८/२/८ गते जारी संयुक्त विज्ञप्तिमा उल्लेखित “राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको वि’घटन गर्ने प्र’तिगनकारी कार्यका विरुद्व एकजुट भई नेपाली जनताको लामो आ’न्दोलन, सं’घर्ष र व’लिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रीक गणतन्त्र, समावेशी लोकतन्त्र एवं सर्वोपरि राष्ट्रीय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न हामी सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा हार्दिक आव्हान गर्दछौँ ” -को वाक्यप्रति विज्ञप्तिमा लेखिए जसरी नै “दृढ” रहन नेपाली कांग्रेसका श्री शेरवहादुर देउबा, नेकपा (माओवादी केन्द्र) का श्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का श्री माधव नेपाल, जसपाका श्री उपेन्द्र यादव र राजमोकी श्री दुर्गा पौडेल समेत संयुक्त विज्ञप्तिका हस्ताक्षरकर्ताहरुबाट अन्तसम्मै प्रतिबद्वताको यसैसाथ हाम्रो पार्टी गम्भीर अपील गर्दछ।’

बिज्ञप्तिको अन्तमा भनिएको छ, ‘साथै, यस  समर्थन विज्ञप्तिको मर्म र भावना अनुसार सडक आ’न्दोलनको मानसिक तयारी गर्न हाम्रो पार्टी सदस्य कमरेडहरु सबैलाई केन्द्रीय कार्यालय आग्रह गर्दछ। संयुक्त आ’न्दोलनमा हाम्रो पार्टीका तर्फबाट “संविधानको समाजवादी पुनर्लेखन कार्यसूची” मा विशेष जोड गरिने स्वतस् स्पष्ट छ।’

विज्ञप्ति

गणतन्त्र रक्षार्थ आ’न्दोलनका निम्ति संसदमा रहेका पाँच दलीय गठबन्धनको आव्हानवारे नेकपा (माओवादी), केन्द्रीय कार्यालयको  विज्ञप्ति

कोभिड १९ को का’रागारभित्र देशब्यापी जनतालाई बन्दी बनाएर फेरि नहुनेरनगर्ने निर्वाचनको मिति घोषणा जस्ता एमाले सरकारको हर्कतलाई हाम्रो पार्टीले “घोर प्र’तिगमन र इण्डो/अमेरिकी दा’सता थोपर्ने अ’पराध” भनिसकिएको छ। यसै क्रममा श्री खड्गप्रसाद ओली तथा श्री बिध्या भण्डारीले मध्येरातको दाउ पारेर प्रनिधिनिसभा बि’घटन गरेको वि’रुद संसदमा रहेका पाँच दलीय गठबन्धनले संयुक्त विज्ञप्तिद्वारा  ‘”सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायलाई एकजुट हुन आव्हान गरेको” प्रति हाम्रो पार्टी नेकपा (माओवादी) सक्रीय समर्थन गर्दछ।

उपरोक्त ०७८/२/८ गते जारी संयुक्त विज्ञप्तिमा उल्लेखित “राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको वि’घटन गर्ने प्र’तिगनकारी कार्यका विरुद्व एकजुट भई नेपाली जनताको लामो आ’न्दोलन, सं’घर्ष र व’लिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रीक गणतन्त्र, समावेशी लोकतन्त्र एवं सर्वोपरि राष्ट्रीय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न हामी सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा हार्दिक आव्हान गर्दछौँ ” -को वाक्यप्रति विज्ञप्तिमा लेखिए जसरी नै “दृढ” रहन नेपाली कांग्रेसका श्री शेरवहादुर देउबा, नेकपा (माओवादी केन्द्र) का श्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का श्री माधव नेपाल, जसपाका श्री उपेन्द्र यादव र राजमोकी श्री दुर्गा पौडेल समेत संयुक्त विज्ञप्तिका हस्ताक्षरकर्ताहरुबाट अन्तसम्मै प्रतिबद्वताको यसैसाथ हाम्रो पार्टी गम्भीर अपील गर्दछ।

साथै, यस समर्थन विज्ञप्तिको मर्म र भावना अनुसार सडक आ’न्दोलनको मानसिक तयारी गर्न हाम्रो पार्टी सदस्य कमरेडहरु सबैलाई केन्द्रीय कार्यालय आग्रह गर्दछ। संयुक्त आ’न्दोलनमा हाम्रो पार्टीका तर्फबाट “संविधानको समाजवादी पुनर्लेखन कार्यसूची” मा विशेष जोड गरिने स्वतस् स्पष्ट छ।
(गोपाल किराती)
अध्यक्ष
८ जेठ ०७८

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्