शेयर बजारका सबै समूहमा हरियाली, ५ कम्पनी सर्किट लेभलमा
लगातर दोस्रो कारोबार दिन पनि सेयर बजार बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार १८ अंकको गिरवट भएको सेयर बजारमा दोस्रो कारोबार दिन सोमबार १७ अंक र आज पनि २७ अंकले बढेको छ ।
सोमबार २६४५ ।८५ अंकमा बन्द भएको नेप्से प्रि ओपन सेसनमा सामान्य वृद्धि भएर २६४७ ।४८ अंकमा खुलेको थियो ।
तर, सुरुवाती उतार–चढावबीच लगातार बढेको नेप्से २७ । ४७ अंकले वृद्धि हुँदा २६७३ ।३१ अंकमा बन्द भएको छ ।
‘इन्ट्रा–डे’ कारोबारमा २६४५ ।८५ अंकको तल्लो विन्दुमा झरेको नेप्से २६८० ।९१ अंकसम्म पुगेको थियो ।
बजार परिसूचकसँगै सोमबारको तुलनामा कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्बमा सीमित कारोबार रकम आज करिब ६ अर्ब पुगेको छ ।
आज नेप्सेमा १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सयर किनबेच हुँदा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजारको कारोबार भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नगरेपछि नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने अन्योल रहँदा पनि सेयर बजारमा हरियाली छाएको छ ।
नेप्सेमा सबै उपसूचकमा हरियाली छाएको छ । व्यापार उपसूचक सर्वाधिक ५ । ७९ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक २ ।
५३ प्रतिशत, उत्पादन उपसूचक २ । ४२ प्रतिशतले वृद्धि भएको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ० ।१९ प्रतिशतले बढेको छ ।
कारोबार रकममा पुनर्बिमा कम्पनीले लिड गरेको छ । ७६ करोड ४५ लाख ४३ हजारको कारोबार हुँदा अपी पावरको २० करोड २३ लाख ७० हजारको कारोबार भएको छ ।
बजार परिसूचकमा हरियाली छाउँदा बोटलर्स नेपाल तराई, रुरु जलविद्युत् कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
आज कारोबारमा आएका १४५ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको घटेको छ । यस्तै, १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।



