खुल्ला प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव : बिमलेन्द्र निधि
मुन्धुमस्टार
नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले खुल्ला प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिनुभएको छ । नेपाल सहकारी बैंक लिमिटेको भेला उद्घाटन गर्दै उपसभापति निधिले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिनुभएको हो ।
उहाले सहकारीको पहुँच बिस्तारमा स’मस्या देखिएको भन्दै लक्षित बर्गसम्मको पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो । निधिले खुल्ला र प्रतिष्पर्धात्कम अर्थनिति भनेपछि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो ।
त्यस्तै उहाले नेपालको आर्थिक क्षेत्रमा क्रा’न्तिकारी परिवर्तन ल्याउन सहकारी क्षेत्रको भूमिका अपरिहार्य रहेको जिकिर गर्नुभयो । उहाले प्रजातन्त्रीक सिद्धान्तसंग सहकारी अभियान आवद्ध रहेको उल्लेख गर्नुभयो ।



