सेयर बजार परिसूचक नेप्से २३०० नाघेको छ । साताको पहिलो कारोबार दिने २२९९.३४ अंकमा खुलेको नेप्से कारोबार खुलेको १ मिनेटमै १६.४९ अंकले वृद्धि हुँदा २३०३.०३ अंकमा पुगेको छ ।
उक्त अवधिमा ४८ कम्पनीको २० हजार ११२ कित्ता सेयर किनबेच हुँदा ८६ लाख २८ हजार १८० रुपैयाँको कारोबार भएको छ ।
नेप्से २३ सय अंकको विन्दु पार गर्दा ‘इन्ट्रा डे हाई’ को समेत उच्च विन्दु बनाएको हो । यसअघि गत बुधबार नेप्से २२९६.७३ अंकमा पुग्दा इन्ट्रा डे हाईको रेकर्ड बनाएको थियो ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
