बिहेको मुख्य सिजनमै सुनको मूल्य घट्न थालेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले निकालेको तथ्यांकअनुसार सुनको मूल्य घट्न थालेको हो।

तीन दिनको बीचमा (आइतबारदेखि बुधबारसम्म) सुन प्रतितोला २ हजार ८ सय रूपैयाँले घटेको छ। साेमबार प्रतितोला ९४ हजार तीन सय पुगेको सुन मंगलबार तोलामा एकैदिन १८ सयले घटेर ९२ हजार ५ सयमा कारोबार भएको थियो।

बुधबार १ हजार रूपैयाँले घटेर ९१ हजार ५ सयमा कारोबार भएको छ। आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले कम हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।