चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा सबैभन्दा बढी मोबाइल आयात भएको छ। साउन महिनामा सबैभन्दा बढी डिजेल र दाेस्रोमा मोबाइल आयात भएको थियो। विश्वव्यापीरूपमा फैलिएको को’रोना भा’इरसका कारण गरिएको ब’न्दाब’न्दीले मोबाइलको आयात बढाएको हो।  ल’कडा’उनको समयमा अनलाइन कक्षा र घरमै बसेर कार्यालको काम गर्दा मोबाइलको माग बढेको छ। पछिल्लो समयमा बजारमा मोबाइलको अ’भाव समेत भएको व्यापारीहरू बताउँछन्।

लकडाउनमा चो’री निकासीको बाटो ब’न्द भएकोले मोबाइलको आयात बढेको देखिएको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राले बताए। ‘चो’री निकासीले ४० प्रतिशत बजार लिएको थियो, त्यो अहिले हामीले पाएका छौं,’ उनले भने। चालू आवको पहिलो महिनामा ४ अर्ब १८ करोड रूपैयाँ मूल्य बराबरको ४ लाख ६७ हजार गोटा मोबाइल सेट आयात भएको थियो। दोस्रो महिना त्यसमा दुईगुणा भन्दा बढीले वृद्धि भई ९ लाख ९५ हजार मोबाइल सेट भित्रिएको छ।

सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट ७ अर्ब ९४ करोड रूपैयाँ बाहिरीएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ। ती मध्ये चीनबाट ८ लाख ५ हजार, भारतबाट १ लाख ७६ हजार र  भेइतनामबाट १२ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्याङ्क छ।

पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै जानाले पनि मोबाइलको आयात बढेको हो। ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि वि’कट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ। तराईको खुल्ला बोर्डबाट पनि मोबाइल आउने गर्दछ। ‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ। सो व्यवस्थाअनुसार वैदेशिक यात्रामा गएकाले नयाँ मोबाइल १ सेट मात्र ल्याउन पाइने छ।