नेपाल एलपी ग्यास उद्योग संघले सबै कम्पनीको खाली सिलिन्डरको भाउ २१ सय रुपैयाँ तोकेको छ । भोलि असोज २ गतेदेखि लागु हुने गरी वाग्मती प्रदेशभित्र २१ सय रुपैयाँभन्दा बढी लिन नपाइने अध्यक्ष गोकुल भण्डारीले बताए ।

तत्कालका लागि वाग्मती प्रदेशका लागि मात्रै यो मूल्य तोकिएपछि विस्तारै अन्य प्रदेशमा पनि तोक्ने उनले बताए ।“उद्योगीले सस्तोमा सिलिन्डर बेचे पनि उपभोक्तालाई महँगोमा किन्‍नुपर्ने बा’ध्यता रहेकाले सबै कम्पनीको खाली सिलिन्डरको मूल्य एकै बनाएको हो,” उनले भने ।

सिलिन्डर २१ सय भन्दा बढीमा बेचिए तत्काल उ’जुरी दिन पनि उनले आग्रह गरे । संघले सिलिन्डरको मूल्य तोकेसँगै उपभोक्तालाई अनिवार्य बिल दिनुपर्ने व्यवस्था पनि गराएको छ । वाग्मती प्रदेशमा दुई दर्जन बढी ग्यास उद्योगका सिलिन्डर बिक्री हुन्छन् ।

एउटा कम्पनीको सिलिन्डर साट्नु गै’रकानुनी

संघले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गै’रकानूनी भएको जनाएको छ । “कुनै पनि कम्पनीले अर्को कम्पनीको ग्यास सिलिन्डर साट्नु गै’रकानुनी हो । साट्नेमाथि कारबाही हुन्छ,” अध्यक्ष भण्डारीले भने ।

१० वर्ष अघिसम्म ग्यास उद्योगले धरौटी रसिद दिने गरेका थिए। उद्योगबाट दिने त्यस्ता रसिद डिलरले उपभोक्तालाई दिने गरिन्थ्यो ।