नेपालमा पछिल्लो समय इन्टरनेटको समस्या प्रत्येक दिनजसो देखिरहेकै हुन्छ। यी सबै गु’नासोको केन्द्रबिन्दु भनेको नचल्नु। कि  चल्दै नचल्नु कि कम्पनीले दिन्छु भनेको जति नआउनु। यस्तै स’मस्यालाई लिएर सेवाग्राहीहरुले नियमक निकायमा पनि उ’जुरी दिइरहेकै हुन्छन्। गएको चैत ११ देखि देशव्यापी ल’कडाउन भएपछि त झन् यो ठूलो स’मस्याका रुपमा देखियो।

टिकटक, जुम,नेटफ्लिक्स जस्ता एप्लीकेशनको व्यापक प्रयोगका कारण इन्टरनेट ट्राफिक ह्वात्तै बढेको छ। एकातिर ब्यान्डवीथको माग बढायो भने अर्कोतिर सु’स्त भयो। नेपालमा इन्टरनेट सु’स्त हुनु आजको स’मस्या होइन पहिलेदेखिकै हो। यस्तो किन हुन्छ ? कसरी हुन्छ ? द्रुत बनाउन सकिनै उपाय वा सम्भावना छैन ?

यस्तै विषयमा इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटका प्रबन्ध निर्देशक बिनय बोहराले नेपाल प्रविधि पत्रकार मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा धारणा राखेका थिए। उनको सोही धारणलाई हामीले यहाँ प्रस्तुत गरेका छौ:

नेपालमा पछिल्लो समय सामाजिक सञ्जालदेखि जमघटसम्म पनि छलफलको एउटा विषय इन्टरनेट हुने गरेको छ। इन्टरनेट नेपालमा पनि कति व्यापक भएको छ भन्ने कुरा यसले देखाउछ। यस्तो छलफलको एउटा ज्वलन्त विषय भनेको गतीको हो। छिटो चलेन भन्ने। पछिल्लो समय त झनै यो स’मस्या बढेर गएको छ। लकडाउन सुरु भएपछि इन्टरनेटको गति सुस्त भएको भन्दै आ’क्रोस बढेको छ। यो बेला इन्टरनेटको गति संसारभरी नै सुस्त भएको भने साँचो हो। अहिले भएका यी इन्टरनेटका स’मस्याहरु जहिलेसम्म इन्टरनेट हुन्छ त्यतिबेलासम्म रहन्छन्। जसरी मानव जाति भएसम्म द्व’न्द हुन्छ भनेजस्तै।

इन्टरनेट भनेको फोन,रेडियो र टेलिभिजन जस्तो सजिलो प्रविधि होइन। इन्टरनेट यति चाँडै संसारभर लोकप्रिय भयो कि करोडौं मान्छेमा गएको आइपी भि-फोर सकियो। यसबाट पनि बुझ्न सकिन्छ यसको फैलावट कति तीब्र छ भनेर। इन्टरनेट एउटा यस्तो प्ल्याटफर्म बन्यो कि जसबाट जतिबेला जे पनि जहाँबाट पनि जसले पनि गर्नसक्ने। सजिलो पहुँच स्थापित भयो। यस्तै प्ल्याटफर्म  अर्को छैन होला। सुरुमा इन्टरनेट आउँदा अक्षर आदानप्रदान गर्नमिल्ने थियो। त्यसपछि तस्बिरहरु आदानप्रदान गर्न मिल्ने भयो। अहिले त इन्टरनेटको दुनियाँमा भिडिओ साम्राज्य चलिरहेको छ।

नेपालमा अहिले ७५ प्रतिशतभन्दा बढी कन्टेन्ट भिडिओ खपत भइरहेको छ। भिडियो पनि झ्यारझ्यारवाला होइन। पुरै एचडी। भोलि फोर-के, एट-के आउला। इन्टरनेटमा चलिरहेको यही भिडिओ कन्टेन्टकै कारण उत्पादक र उपभोक्ताबीच पुलको काम गर्ने इन्टरनेट सेवाप्रदायकहरुलाई स’मस्या भइरहेको छ।  यो स’मस्या किन भइरहेको छ भने बाटोमा हिड्दा हिड्दै एक्कासी कुनै मान्छेले फेसबुक लाइभ गरिदिन्छ। कसैले फोटो खिचेर हालिदिन्छ। कन्टेन्ट जहाँबाट जति पनि उत्पादन हुनसक्छ। यस्तो कुरा थाहा त हुन्छ तर कति धेरैसम्म हुनसक्छ भन्ने कुरा हामीजस्ता  इन्टरनेट सेवाप्रदायक, सब मरिन केवल अपरेटरहरुलाई अनुमान नहुनपनि सक्छ। यी सब पक्षको सोचाइ एकसाथ मिल्नुपर्छ। यहीनेर तालमेल छैन।

किन भने अहिले पनि सिमित कम्पनीले अधितपत्य गरेर राखेका छन्। यसको राजनीति फरक पाटो छ। जस्तो गुगल, फेसबुक छन्। आजको दिनमा जल्दोबल्दो टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एप भयो। हामी भएकै एप्लीकेशनका लागि क्यास, सर्भर मिलाउँदै हुन्छौं एकैचोटी टिकटक आएर लोकप्रिय होइदिन्छ। त्यो अनुमान नै हुँदैन। हजुर आमा देखि नातिसम्मले भिडियो राख्न थालिसके। यति सजिलो भयो कि। तर स’मस्या त हामीलाई पर्छ।

एकैपटक टिकटकमा यति धेरै ट्राफिक आउछ कि सोच्दासोच्दै सर्भर चाहिने भइसक्छ। आजको दिनमा कुनै पनि सेवा राम्रो दिनपर्छ भने त्यसको पूर्वाधार राम्रो चाहिन्छ। यसको पूर्वाधार सर्भर,कन्टेन्ट हो। त्यो कहाँ हुनुपर्छ भने हाम्रो उपभोक्ता नजिक हुनुपर्छ। जब उपभोक्ताको नजिक ल्याउन सक्छौ तब हामी राम्रो सेवा दिनसक्छौ। त्यसकारणले त्यो सर्भर हाम्रोसम्म आएको छ कि छैन? भन्ने ठूलो हुन्छ। यदि त्यस्तो सर्भर हामीले नेपालमै ल्याउन सकेनौ भने विदेशबाट आउछ। विदेशबाट ल्याउँदा सिमित ब्यान्डवीथ हुन्छ। जुन असाध्यै महंगो हुन्छ। यहाँ अनलिमिटेड भनेपनि लिमिटेडमात्र ल्याउछौ। यतिले पुग्ला भनेर अनुमानको भरमा ल्याउछौ। अनुमान सँधै नमिल्न पनि सक्छ। अनि स’मस्या सिर्जना हुन्छ।

गुगल,फेसबुक,आकामा सर्भर ल्यायो तिनिहरु भरिन थाल्छन्। भरिएपछि हामी सर्भरवालासँग कुरा गर्छौ। उनीहरुले नेपालमा गुणस्तर छैन भनेर बसेका हुँदैनन्। विश्वभर पुगोस तर नेपाल भन्ने देशका बारेमा टाउको दु’:खाएर बस्दैन्।   नेपालको काठमाडौंको मैतिदेवीमा राम्रो इन्टरनेट दिनुपर्छ भनेर टिकटकले चासो लिंदैन। त्यो जिम्मा हामीलाई छोडिदिएको छ। सर्भर भन्ने वित्तिकै ल्याउने सक्ने  अवस्था पनि हुँदैन। जसको कन्टेन्टका लागि हामीले काम गर्नुपर्छ उनीहरुले नै चासो दिंदैन। जहाँ पायो त्यहीबाट पाइने कुरा पनि होइन। त्यसैले त संसारका केही कम्पनीसँगमात्र यसको अधिपत्य छ।

त्यस्ता कन्टेन्टवालाले हामीलाई आएर तपाइहरुको बाट धेरै फेसबुक हेर्न थालेछन् र थोरै पैसा दिन्छौ पनि भन्दैनन्। हामीले कमाउने भनेको ग्राहकबाटै लिएर हो। तर उनीहरुको गुणस्तर त हामीले नै व्यवस्थापन गरिदिनुपर्छ। किन भने ग्राहकले फोन गर्ने भनेको त हाम्रै कल सेन्टरमा हो। तपाइको भिडिओ राम्रोसँग चलेन भन्ने कुरा आउछ। हामीले हेर्दै छौ भन्नुपर्छ। स’मस्या भने एप्लीकेशनमै हुन्छ। गाली हामीले खानुपर्छ। कन्टेटन्ट उत्पादक र उपभोक्ता बीचको मिडियटरमात्र हो हामी खासमा। हामीले फाइबर त घरसम्म पुर्‍याइदिएका हुन्छौ। त्यसमा अपार क्षमता हुन्छ।

मैले कसैलाई यही कुरा गुगलले सर्भर पठाउँदैन। टिकटकले पनि पठाउँदैन भने भने उपभोक्ताले त मान्नेनवाला छैन। पत्याउँदैन। हामीले यो कुरा बुझाउन सकेका पनि छैनौ। टिकटकको स’मस्या पनि त्यसैबाट आएको हो। लकडाउन भयो। एउटा जहाज त आउन ढिला भइरहेको छ भने हामीले मगाएको सामान गुगलले कहिले पठाइदेला ? म’हंगो भाडा तिरेर। अमेरिका जापान, सिंगापुरमा त राम्रो चलिरहेको छ भन्ने पनि सुनिन्छ। उनीहरुको इकनोमी र बजार पुरै फरक छ। नेपालाई प्राथमिकतामा राखेर गुगल र फेसबकुले आजका मितिसम्म काम गरेका छन् जस्तो लाग्दैन। हामी प्राथमिकता पनि पर्दैनौ। सामान पठाउन पनि ढिला नै हुन्छ होला।

इन्टरनेट भनेको कन्टेन्ट हो। जबसम्म यसको अधिपत्य ती सिमित कम्पनीको हुन्छ  तसम्म अहिलेको स’मस्या रहन्छ। किन भने आज पो टिकटक आएर सुस्त बनाइदियो यो हजारौको संख्यामा रहेकामध्ये कुन एप्लीकेशन आउछ उ कतिबेला लोकप्रिय हुन्छ भन्ने कुरा नै थाहा हुँदैन। अहिलेको समयमा यस्तो स’मस्या आउनसक्ने धेरै कारण पनि छन्। पहिला दूरसञ्चार थियो। उसले फोन कल कस्तो क्वालिटी कस्तो आउछ भन्थ्यो। फोन त राम्रो आउने नै भयो। नेपालको नम्बर वान कम्पनी उसको खाली फोनमात्र हो। फ्याक्सजस्ता अरु केही सिमित सेवा बाहेक।

कल  भनेको एउटामात्र एप्लिकेशन हो। तर इन्टरनेटमा यस्ता एप्लिकेशन कति छन् ? कयौं छन्। एउटामा स’मस्या आएपनि यो चलेन भन्ने भए। त्यसैले गर्दा इन्टरनेटको प्रकृति नै यस्तै हुन्छ। कुनै न कुनैले कुनैबेला स’मस्या ल्याइरहेको हुन्छ। यसको चेपुवामा आइएसपीहरु नै हुन्छन्। यति हुँदा पनि आइएसपीहरु ढुक्कसँग बसेका छैनन्। मेहनत गरिरहेकै छन्। अहिले इन्टरनेट सेवा प्रदायकहरुले प्रतिस्पर्धामा सकेसम्म आकर्षित गर्न खोजेकै हुन्छन्। यसमा कोही पनि अछुतो छैन। कुनै आइएसपीमा पनि मान्छे सन्तुष्ट छैन। कुनैले नियतबस नियमित दिएको छैन भने सिरियस कुरा पनि हो।

पहिले पो घरमा एउटा डिभाइस हुन्थ्यो। त्यसबाटै काम चल्थ्यो। अनि भनेको जति इन्टरनेट पनि हुन्थ्यो। सब सन्तुष्ट थिए। तर अहिले त्यस्तो छैन। सबका हातमा स्मार्टफोन छन्। सबैले भिडिओ हेर्छन्। सबैको भिडिओ पनि चल्नैपर्छ। अनि धेरैले वाइफाइ नै चलाउछन्। पहिलो कुरा धेरै लोड भयो। अनि अर्को कुरा वाइफाइबाट  चल्ने इन्टरनेटमा धेरै समस्या देखिएको छ। हाम्रा आइएसपीहरुको ७५ प्रतिशत गुनासो वाइफाइमा देखिएको छ। जुन तारमा त्यति धेरै देखिएको पनि छैन। वायरलेसमा अलिकति स’मस्या देखिएको पनि हो।