Logo

आर्थिक तथा बैकिङ्ग ज्ञान : विप्रेषण आय सम्बन्धी भ्र’म तथा यथार्थ-सिद्धराज भट्ट


90 Views

 

भ्रम न. १ : रेमिटान्स आय भित्र विदेशबाट पठाएको रेमिटान्स रकम मात्रै पर्दछ।   
 यथार्थ : सामान्यतया रेमिटान्स आय भन्नाले आम जनमानसले विदेशबाट प्राप्त रेमिटान्स रकम मात्रै बुझ्ने भयता  पनि यस भित्र आन्तरिक रेमिटान्स पनि पर्दछ। उदाहरणका लागि तेश्रो नेपाल जीवन स्तर मापन सर्वेक्षण बाट साभार गरिएको परिभाषा हेरौ :

Remittance is defined as a transfer in cash or kind sent or received by a household over the last 12 months preceding the interview. Remittances flow in and out of the country and both have been taken into account in the survey.

उक्त सर्वेक्षणका अनुसार नेपालमा कुल रेमिटान्समा आन्तरिक रेमिटान्स को अंश करिब २० प्रतिशत रहेको छ। तसर्थ रेमिटान्स शब्दको उपयोग कुन अर्थमा हुदैछ भन्ने कुरा बुझ्न जरुरी छ।  केन्द्रीय तथ्यांक विभागले गर्ने सबैखालको सर्वेक्षणमा रेमिटेन्सले आन्तरिक तथा बाह्य रेमिटेन्स दुबैलाई बुझाँउदछ भने नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने रेमिटेन्स नेपाल बाहिरबाट मात्र प्राप्त हुने रेमिटेन्स हो।

भ्रम न. २  : नेपालका करिब ५६ प्रतिशत घरपरिवारले विदेशबाट रेमिटान्स प्राप्त गर्दछन ।  

 यथार्थ : तेश्रो नेपाल जीवन स्तर मापन सर्वेक्षणको नतिजाले नेपालमा ५६ प्रतिशत घरपरिवारले रेमिटान्स प्राप्त गर्दछन भन्ने देखाएको छ।  तर त्यस्तो घरपरिवारमा आन्तरिक रेमिटान्स प्राप्त गर्ने घरपरिवार पनि समाबेश भएकाले विदेश बाट मात्रै रेमिटान्स प्राप्त गर्ने घरपरिवारको संख्या ५६ प्रतिशत हैन।  तथ्यांक विश्लेषण गर्दा यस्तो तथ्यांक करिब ३० प्रतिशतको हाराहारीमा मात्रै देखिन्छ ।

भ्रम न. ३  :  विदेशबाट प्राप्त रेमिटान्स रकम को करिब ७९ प्रतिशत उपभोग मा खर्च हुन्छ।   

 यथार्थ : तेश्रो नेपाल जीवन स्तर मापन सर्वेक्षणको नतिजाले देखाय झैँ रेमिटान्स रकम को ७९ प्रतिशत उपभॊग मा खर्च हुन्छ  तर आम जनमानसले बुझे झैँ विदेश बाट प्राप्त हुने रेमिटान्स रकम को ७९ प्रतिशत उपभोगमा खर्च हुन्छ भन्ने तथ्य सहि होइन।  तलको तालिकामा देखाय झैँ आन्तरिक रेमिटान्स र भारत बाट प्राप्त हुने रेमिटान्स को ठुलो हिस्सा उपभोगमा खर्च हुन्छ भने अन्य मुलुक को हक मा भने त्यस्तो अनुपात कम रहेको छ।

श्रॊत : NLSS III

 

भ्रम न. ४  :  वैदेशिक रेमिटान्स रकम  कुल राष्ट्रिय  उत्पादनमा समाबेश हुन्छ ।   

 यथार्थ : सामान्यतया बिदेश बाट प्राप्त रेमिटान्स नेपालका उत्पादनका साधनले बिदेशमा प्राप्त गरेको आयको रुपमा बुझ्न सकिने भएता पनि ती उत्पादनका साधनहरु एक वा सो वर्ष भन्दा बढी अवधिको लागि वैदेशिक रोजगारमा गएका छन् भने तिनीहरुलाई नेपालका बासिन्दा को रुपमा समाबेश नगरिकन बाह्य देशका बासिन्दाको रुपमा लिइन्छ।  तसर्थ तिनीहरुले पठाएको रकम नेपालको लागि उत्पादनका साधनको आय नभएर बिदेशी बासिन्दाले दिएको उपहार सरह हुने भएकाले ट्रान्सफर को रुपमा गणना हुन्छ  र कुल राष्ट्रिय आय मा समाबेश हुदैन।

भ्रम न. ५   : नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिटान्सको योगदान करिब २५ प्रतिशत छ ।   

 यथार्थ : बिदेश बाट प्राप्त रेमिटान्स नेपालको आन्तरिक उत्पादन अर्थात् GDP मा समाबेश नहुने भएकाले GDP मा रेमिटान्स को योगदान २५ प्रतिशत  भन्नु भ्रमपूर्ण  हुन्छ । यसलाई नेपालमा रेमिटान्स GDP अनुपात २५ प्रतिशत छ भनेर ब्याख्या गर्नु उपयुक्त हुन्छ। (सिद्ध राज भट्टको ब्लगबाट लिएको हो ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347