Logo

कुलुुङ जाती विचौलियाका कारण सुचिकृत भएन-चन्द्रसिं कुलुङ


नेपाल किराँत कुलुङ् भाषा संस्कृति उत्थान सङ्घ झापाले शुक्रबार हल्दीबारी गाउँपालिकाकमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनमा यस्तो बताएका हुन् । नेपालका विभिन्न जातीमध्ये कुलुुङ् जाती विचौलियाका कारण सुचिकृत हुननसकेको आरोप लगाएका छन् ।

देशमा लोकतन्त्र संस्थागत भइरहेपनि एकात्मक सत्ता कै आभास भइरहेको उनिहरुले गुनासो गरेका छन् । इतिहास बोकेको किराँती मुलको एक आदिवासी भएपनि राइसँग जोडेर उपजाति बनाएको प्रति असन्तुष्ट जनाएका थिए । लोपोन्मुख जातिलाइ राज्यले पछाडि पारेकोले कुलुङ्लाइ सुचिकृत गराउन आन्दोलन गरिरहेको वक्ताहरुले जनाएका थिए । कुलुङ्को उद्गमस्थल सोलुखम्बुको माहकुलुङ भन्ने स्थान हुदै सङ्खुवासभा,भोजपुर, इलाम, झापा,मोरङ्, सुनसरी लगायतका २२ जिल्लामा छरिएर रहेको उत्थान सङ्घका केन्द्रीय अध्यक्ष चन्द्रसिं कुलुङ्ले बताए ।

नेपालमा मात्र नभइ भारत, भुटान,हङकङ,बेलायत,सिङ्गापुर,मलेसिया,कोरिया लगायतका देशमा बसोवास रहेको उनले जनाए । वि.सं.२०६८ को जनगणना अनुसार २८ हजार ६ सय १३ र मातृभाषीहरुको सङ्ख्या ३३ हजार १ सय ७० देखाइएको उनको भनाइ छ । राइबाट अलग गर्ने हो भने अढाइलाख भन्दामाथि यो जाति हुनसक्ने अनुमान गरिएको उनको दाबी छ । त्यसैगरि सङ्घले विभिन्न साङ्गित कार्यक्रमका साथ साधारणसभा सम्पन्न गरेको थियो । सङ्घका अध्यक्ष छितीज सोनुर कुलुङ्को सभापतित्व तथा हल्दीबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न्न भएको थियोे । प्रमुख अतिथी गिरीले गाउँपालिकामा समावेशी समिति निर्माण भइरहेकोले तत्काल सुचिकृत हुन अनुरोध गरेका थिए ।

सामवेशी समितिको उपस्थितीमा बजेट तर्जुमा गरेर उत्पादन मुलक कार्यक्रममा बजेट छुट्टाउने बताए । स्थानीय सरकार भएकोले अन्य दुइतहमा जान आवश्यक नरहेको हुदाँ जात जातिलाइ संरक्षण गर्न जस्तोसुकै सहयोग गरिने उनको भनाइ थियो । कार्यक्रममा मोरङ्की कोषाध्यक्ष आरती कुलुङ्ले समग्र कुलुङ् जातिलाइ जुनसुकै कार्यक्रमको लागि भैपरि आउने समस्यालाइ मध्यनजर गरि काठमाण्डौमा २ करोडको लागतमा भवन निर्माण गरिरहेको बताइन् ।

सरकारले सुनुवाइ नगरेपछि सवै कुलुङ् मिलेर भवन लगायत अन्य भैपरी आउने विषयमा सहयोग रकम उठाउदै आएको उनको भनाइ छ । डिगविर कुलुङ् र मोरङ् सचिव जय कुलुङले स्वागत गरेको कार्यक्रममा केन्द्रीय सदस्य गजेन्द्रमणि,प्रेम,वाडसदस्य नेत्र बहादुर गिरी,मोरङ् अध्यक्ष नरबहादुर लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन दिलु कुलुङ्ले गरेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्