संसदसँगै कृषक पनि मा. भट्टराई
– राजु बिक्रम चाम्लिङ
भौगोलिक रुपमा पूर्वको कर्णाली जिल्ला भनेर खोटाङलाई चिनिन्छ । प्राकृतिक रुपमा सुख्खा जिल्ला खोटाङ त्यहाँका युवाहरु प्राकृतिक रुपले नै समस्यासँग जुध्न तयार भएर अगाडी बढ्छन् । शैक्षिक गुण स्तर कम्जोरी भएको कारण खोटाङका युवाहरु प्रवेसिका पास गरे पश्चात पनि शहरमा अन्य जिल्लाको विद्यार्थीहरुसँग प्रतिष्पर्धा गर्न र उच्चशिक्षा हासिल गर्नको लागी उर्तिण गर्न सामान्य मेहनतले सफल हुन्न । यही परिवेशमा हुर्किएका विशाल भट्टराई प्रवेसिका उर्तिर्णसँगै उच्चशिक्षा हाँसिल गर्न काठमाडौंको मानविकी क्याम्पस (रत्नराज्य क्याम्पस) मा भर्ना भइ राजनीतिक रुपमा विद्यार्थी नेताको रुपमा स्थापित भए । संघर्षलाई जीवनको सवल पक्षको रुपमा लिने भट्टराई गाउँमा भएको पंचायत शासनको अन्याय र अत्याचारको बारेमा राम्रै अनुभव भएको थियो । त्यही अन्यायको विरद्ध लड्नको लागी एकमात्र हतियार राजनीति भएको भनेर आंकलन गरेसँगै अध्ययनसँगै राजनीतिलाई सँगै लिए अगाडी बढे । मानविकी क्याम्सको निर्वाचित सभापति समेत भएका भट्टराई विद्यार्थी राजनीतिबाट स्थापित भएसँगै भुगोलको राजनीतिमा व्यस्त रहे ।
जहाँ जनताको समस्या त्यहाँ त्यहाँ कुनै न कुनै रुपमा आफ्नो उपस्थिति सहितको समाधान लिएर जनतासँगै रम्ने भट्टराई नेपालको संविधान निर्माणको लागी भएको दोस्रो संविधानसभाको निर्वाचनमा खोटाङ क्षेत्र नं.२ बाट प्रत्यक्ष रुपमा निर्वाचित भएर संविधान निर्माणमा ऐतिहासिक योग्दान गर्न सफल भए । यसैगरी संविधान निर्माण पश्चात संविधान कार्यान्वयनको क्रममा प्रथम पटक भएको प्रतिनिधिसभाको निर्वाचनमा खोटाङ जिल्लाबाट पुन निर्वाचित भएका छन् । उहाँ जनताको काम, कार्यक्रम भन्न साथ जुनसुकै समयमा पनि उहाँ जनताको घरदैलो र कार्यक्रममा सहभागी हुन छुटाउनु हुन्न । जनताले आफुलाई विश्वास गरेको कारण आफुले पनि जनतालाई विश्वास गर्ने भएकोले जनताको हरपल साथमा रहनु उहाँको विशेषता हो । राजनीतिक लगानीमा सफल भट्टराई आफु प्रतिनिधि सभाको सदस्य भएर पनि आफु जन्मिएको गाउँ, ठाउँमा गरेको कृषि खेतीलाई उहाँले विर्सनु भएको छैन । उहाँले राजनीतिसँगसँगै विभिन्न किसिमका खेतीहरु, कृषकको रुपमा रहेर आफ्नो करेसावारी वा खेतवारीमा लगाएर कृषक पनि बनिरहनु भएको छ ।
उहाँले रोप्नु भएका विभिन्न फलफुल लगाएत अन्नवालीहरु फस्ताएको देख्न पाइन्छ । २०७५ सालको शुभदशैंमा ८४ वर्षिय आमाको टिका थाप्दै आफुले रोपेका फलफुल खान पाउँदा तथा आफ्ना इष्टमित्रहरुसँग रम्न पाउनु भएकोमा आफुलाई गर्व थान्दछन् । उहाँले अन्य खेतीसँगै घ्यूफल ९एबोकाडो० पनि लगाएका थिए । उक्त एबोकाडो दशैंको छेकमा खान समेत भ्याए । उक्त समयमा संयोग पर्यो, कृषि मन्त्रालयका पुर्व सचिव उत्तम भट्टराई र कृषि मन्त्रालयकै पुर्व बाली संरक्षण अधिकृत सागर भट्टराई । एक राजनीतिकर्मी राजनीतिमा मात्र होइन कृषीमा पनि सफल भएको आफ्नै कामले पुष्टि गरेका छन् । हरेक व्यक्ति सके राजनीतिक नेतृत्व र नसके राजनीतिक चेतना हुनै पर्ने, त्यति मात्र नभएर सफल राजनीतिकज्ञ हुँदा, कृषी प्रधान देशसँग सफल कृषक पनि हुन सकिने उदाहरण पेस भएकोले उहाँ आफैले फेसवुक वालमा टुइत गर्नुहुन्छ, अत्यधिक पोषणयुक्त फल मानिने एबोकाडो मध्यपहाडमा उपयुक्त हुने र यसको बजार पनि राम्रो भएकोले इच्छुकहरुले ब्यवसायिक रूपमा लगाउने कि !!