Logo

सेनाको बन्दले पूर्वको जनजीवन प्रभावित


दमक । माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले मंगलबार गरेको बन्दले पूर्वको जनजीवन प्रभावित भएको छ । यातायातका साधन चल्न सकेका छैनन् । लामो दुरीका यातायात भने विहान हल्का चलाइए । काँकरभिट्टा(विराटनगर तथा धरानतर्फ चल्ने छोटो दूरीका यातायात भने ठप्प पारिएको छ ।

बन्दका कारण शैक्षिक संस्था, बजार पसल तथा उद्योगधन्दा बन्द भएका छन् । निर्मला पन्तको हत्याराको कारबाही माग र नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको रिहाइको माग गर्दै उक्त बन्द गरिएको हो ।

दिन प्रतिदिन बलात्कारका घटना घटिरहँदा राज्यबिहीनको अवस्था सिर्जना भएको भन्दै निर्मलाको हत्या अपराधीलाई समेत लुकाइएको पार्टीले आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ- राज्यले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुको साटो लुकाउन चाहेको प्रष्ट देखिएको छ।

राज्यले न्यायलयकै बदनाम गर्ने गरी चौथो पटक रिहा भएका बिप्लव निकट नेकपाका प्रवक्ता प्रकाण्डलाई पटकपटक गरिरहनुले देशकै सर्वोच्च अंग अदालतको पनि खिल्ली उडाएको विज्ञप्तीमा उल्लेख छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्