Logo

बलिउड सुपरस्टार नेपालमा


बलिउड सुपरस्टार गोविन्दा शनिबार काठमाडौं आएका छन् । राजधानीमा आईतबार आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन उनी छोरीसँग आएका हुन् ।
उनी बस्ने छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ गोविन्दाले नेपाललाई साहस र प्रेमको धर्ती भएको बताएका छन् । उनले आफूलाई माया गर्ने नेपालीलाई समते धन्यवाद दिए । ३ दिन नेपाल बसाईमा उनले पशुपतिनाथको दर्शन गर्ने, चन्द्रागिरी हिल्स पुग्ने बताए ।

गोविन्दाले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाई’ भन्दै सम्बोधन गरेका थिए । गोविन्दाकी श्रीमति सुनिता आहुजा नेपाली मुलकी हुन ।

यसअघि बलिउड सुपरस्टार गोविन्दा अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए । गज्जवको डान्स स्टाईल र कमेडीका माध्यमबाट दर्शकको मनमा प्रभाव जमाएका गोविन्दा बलिउडका चर्चित अभिनेता हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्