यौनकर्मीलाई लाइसेन्स दिएर कर उठाउ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृव्बीसुब्बा गुरुङले यौनकर्मीलाई परिचय व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले यौन व्यावसायलाई व्यवस्थित बनाउन लाइसेन्स वितरण गरी कर उठाउन सकिने बताए । होटल संघ नेपालद्धारा पोखरामा गरिएको मंगलबारे कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले व्यवसायलाई रेडलाइट एरिया हुनुपर्ने या परिचयपत्र व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । जति रोक्दा पनि धन्दा भइरहेकाले बरु परिचयपत्र दिएर कर उठाउनु पर्ने उनको भनाई थियो ।
उनले भने,
- ‘जति रोक्न खोजेपनि भित्रभित्र धन्दा भइरहेकै छ,।’
- बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’
- ‘परिचयपत्र हुने हो भने यहाँको होटल व्यवसाय अझैं फस्टिने मौका पाउँछ, यसो गर्दा उपयुक्त हुन्छ कि रु’
- ‘पाहुनाले होटलमा लैजाने यौनकर्मीको परिचयपत्रको आधारमा नाम दर्ता गर्ने हो भने प्रहरीले दुस्ख दिइरहन पर्दैन ।’
- ‘हाम्रै कर्मचारी पनि बिदा मनाउन आउँदा क्वार्टरमा बस्दैनन्,’ उहाँले भन्नुभयो, ‘लेकसाइड जाने कारण त्यही रहेछ ।’