राजधानीमा बन्धक बनाएर दुइको बलात्कार
काठमाडौं– प्रहरीले १३ र १४ बर्षीया दुई किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली स्थायी ठेगाना भएका हाल कीर्तिपूर बस्दै आएका २५ वर्षीय हेम खत्री रहेका छन् ।
खत्रीलाई महानगरीय प्रहरी वृत्त कीर्तिपूरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको हो । खड्कालाई नियन्त्रणमा लिएलगत्तै प्रहरीले पीडित बालिकाको समेत उद्दार गरेको छ ।
यस्तो छ घटना बिबरण :
- चार दिनअघि दिदीले गाली गरेको भन्दै रिसाएर ललितपुरको इमाडोलस्थित कोठाबाट दुई किशोरी हिँडे ।
- ती किशोरी बालकुमारीस्थित खरिवोटबाट बानेश्वर झर्न भन्दै रत्नपर्कको गाडी चढे ।
- तर, बबरमहल आइपुगेपछि सँगै बसमा रहेका एक व्यक्तिसँग आफू झर्ने ठाउबारे सोधखोज गर्दा ती व्यक्तिले यहाँबाट भन्दा रत्नपार्कबाट बानेश्वर जान सजिलो हुने उपाय सिकाए ।
- सोही अनुसार ती युवकसँगै उनीहरु रत्नपार्क पुगे । रत्नपार्क पुगेपछि ती युवाले अब रात पर्यो तिमीहरु मेरो कोठा कीर्तिपुरमा मसँगै हिँड भनेर फकाए । नभन्दै उनीहरु सोही युवकको भनाइ मान्दै उनकै कोठा कीर्तिपुर पुगे ।
- त्यसपछि भदौ २३ गतेसम्म युवकले आफ्नै कोठामा बन्धक बनाएर राख्नुका साथै दुबै किशोरीलाई बलात्कार गरे ।
- २३ गते १४ बर्षीय किशोरीले तिनै युवकको फोनबाट आफ्न्तलाई फोन गरिन् ।
- किशोरीले आफन्तलाई फोन गरेपछि युवकले उनलाई बल्खुसम्म लगेर इमाडोलको गाडी चढाए भने १३ बार्षीय किशोरीलाई आफूसँगै राखे ।
- १४ बर्षीय किशोरी घर पुगेपछि घटनाबारे परिवारका सदस्यलाई थाहा भयो र प्रहरीमा उजुरी गरे । उजुरी लगत्तै प्रहरीको टोली घटनास्थल पुग्यो र एक पीडित किशोरीको उद्धार गरी पीडकलाई नियन्त्रणमा लियो ।
- पक्राउ परेका युवकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक र जर्वजस्ती बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।