Logo

खोटाङको दिक्तेलमा फेरी थप एक जनामा कोरोना भेटियो

रामजित राई, खोटाङ-जिल्लाकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप एक जनामा काेराेना देखिएकाे छ ।

हिजाे आइतबार दुई पुरुष र एक महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको थियाे। हप्ता दिनअघि भारतबाट आएर होम क्वारेन्टीनमा बसेकी दिक्तेलबजार रत्नपार्ककी २५ वर्षीय एक महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको हो ।

कोरोना संक्रमण भएको पूष्टी भएपछी खाेटाङकाे अाईसाेलेशनमा राखिएकाे नगरपालिकाकी उपमेयर विणादेवी राईले बताएकी छन् । जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले याे थपिएकाे सँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संक्रमितको संख्या चार पुगेको छ । रावाबेँसी गाउँपालिका स्थायी ठेगाना भएकि उनि दिक्तेलको रत्नपार्कमा बस्दैआएकी हुन । अहिले उनकाे घर सिल गरि सकिएकाे छ ।

जिल्ला अस्पतालकाे अाईसाेलेशनमा राखिएकाे उनलाई उपचारमा पठाउने तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी २५ वर्षीय महिलालाई सोमबार मात्र अस्पताल भर्ना गरिएको छ ।

कोरोना संक्रमण भएकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलालाई पनि उपचारमा पठाउने तयारी भइरहेको ऐसेलुखर्क गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले जानकारी दिएकी छन् । संक्रमण भएको पूष्टी भएपछि उनलाई छुट्टै राखेर परिवारका सदस्यको पिसिआर परिक्षणको तयारी भइरहेको ऐसेलुखर्क उनकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस्