गायक सोनाहाङ राईको ‘किन किन’ सार्वजनिक
मुन्धुमस्टार
काठमाडौं: गायक सोनाहाङ राईले नयाँ गीत सार्वजनिक गरेका छन्। उक्त गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । गोविन्द हुमागाईंले लेखेको ‘किन किन’बोलको गीतमा कलाकार दिपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी, दिप्सन लुइटेल फिचर्ड छन्।
भिडियोमा बाल कलाकारको भूमिकामा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन्। शान थापाले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ। भिडियोमा छोराले आफ्नी श्रीमतीको कुरा सुनेर बा–आमालाई वृद्धाश्रम पठाएको घटनालाई कथानक बनाइएको छ ।
गायक सोनाहाङ गीतबाट निकै आशावादी छन्।



