एनसेल कार्वाही गरेपछी विप्लव नेकपामाथि दमन होइन पुरस्कृत हुनुपर्छ-गोपाल किराती
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले अर्बौ कर छलि गर्ने एनसेलमाथि गर्ने नेकपालाई पुरस्कृत गर्नुपर्ने बताएका छन् ।किरातीले नेकपाले एनसेलमाथिको कारवाहीको जिम्मा लिएकै दिन नेकपामाथि दमन होइन पुरस्कृत गर्नुपर्ने बताएका हुन् । सामाजिक संजाल फेसबुकमा लेख्दै अध्यक्ष किरातीले विद्यमान परिस्थितिकमा सशस्त्र राजनीतिलाई स्वीकार गर्न नसकिने तर अर्बौ कर छली गर्ने एनसेललाई कारवाही गरेको भन्दै दमन होइन पुरस्कृत गर्नुपर्ने लेखेका छन् ।
किरातीले नेकपामाथि दमन गरिए केपी र प्रचण्ड एनसेलको राष्ट्रिय अपराधका मतियार हुने बताए ।
यस्तो छ किरातीको स्टाटसः
विद्ययमान वस्तुगत परिस्थीतिमा सशस्त्र राजनीति स्वीकार गर्न सकिँदैन । तर अरबौँ कर छली गर्ने र सार्वजनीक सञ्चार सेवा अवरुद्ध पार्ने एनसेलमाथि कारवाही गर्ने विप्लव नेकपालाई राज्यले पुरस्कृत गर्नुपर्छ न की दमन । यदि विप्लव नेकपामाथि दमन नै गरिन्छ भने प्रश्न खडा हुन्छ, के खड्ग ओली–प्रचण्ड सरकार एनसेलको राष्ट्रिय अपराधको मतियार हुन् ?
उता अाइतबार नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले एनसेलमाथिको कारवाहीको जिम्मा लिएका छन् । उनले अर्बौ कर छलि राज्यका निकायले तिराउन नसकेको कारण आफूहरु अगाडि बढ्न बाध्य भएको बताए ।
आइतबार बीबीसीसँग कुरा गर्दै ओलीले शुक्रबार एनसेलको मुख्यालयमा भएको घटनाबाट सर्वसाधारणको ज्यान जान पुगेको भन्दै दुःख समेत व्यक्त गरे । उनले सर्वसाधारणप्रति लक्षित नभएको तर कमजोरीका कारण नख्खु घटनमा एक जनाको ज्यान गएको बताए । उनले गल्ती स्वीकार गर्दै अबका दिनमा त्यस्ता घटना नदोहोर्याउने समेत बताए ।
पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज समेत रहेका ओलीले सरकारले एनसेलमाथिको कारवाहीलाई लिएर सरकारले आफ्नो पार्टीमाथि दमन गरे प्रतिरोध गर्ने चेतावनी दिए । “सरकारले न्यायपूर्ण कार्यलाई अन्ययपूर्ण सरकार आउने थाल्यो भने नेपाली जनताले नराम्रोसँग प्रतिरोध गर्नेछन्, त्यसको साथसाथै नयाँ राज्यसत्ता स्थापति गर्नेछन्” ओलीले कुराकानीको क्रममा भने । उनले सरकारका कुनै पनि निकायहरुले एनसेललाई कर नतिराएकोले आफूहरुले कारवाही गर्न बाध्य भएको बताए ।



