मुन्धुम्स्टार डटकम​- गायक राजन किरातिको स्वर रहेको कोशि तिरैमा बोलको गीत सार्बजनिक भ​एको छ​। युवा गायक तथा संगीतकार बुद्द राईको शब्द तथा संगीत र आश कुमार राईको संगीत संयोजन रहेको यो गीत “अनुवाद अफिसियल युटुब च्यानलमार्फ आज सार्बजानिक गरिएको हो।

स्टूडियो किङमा रेकर्डीष्ट सुरेश पायल राई र मनोज साङसोन राईले रेकर्ड गरेको यो गीतको मिक्सिङ तथा मास्टरिङ चर्चित साउण्ड ईञिनियर राजु कार्किले गरेका हुन​।

गायक किरातिलाई गायीका बिनुशा राई, मन्मा बिराई, गायक बुद्द राई र आश कुमार राईले कोरसमा साथ दिएको यो गीतको अफिसियल म्युजिक भिडीयोको छायाँङ्कण तथा संपादन अर्जुन खड्काले गरेका छन​।

शब्द, संगीत, संगीत संयोजन र गायकिको ठिक तालमेल मिलेको यो ठेट पुर्बेलि लोक लयमा आधारित गीतलाई लक्षित​ श्रोताहरुले मनपराई दिने कुरामा आफुहरु बिस्वस्त रहेको कुरा गीत निर्माण पक्षले मुन्धुमस्टार डटकमलाई बताए।

युटूब लिङ्क तल​…