कुनै पनि दलमा सर्बस्विकार्य पात्र नभएको कारण राष्ट्रपतिमा राष्ट्रिय सहमति सम्भव छैनः नेता कोइराला
मुन्धुमस्टार डटकम — नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुने सम्भावना नरहेको बताएका छन्। उनले दलभित्रका उम्मेदवारलाई राष्ट्रिय सहमति जुट्न सक्ने सम्भावना नदेखेको बताए।
नेता कोइरालाले भने एउटा दलको उम्मेदवारलाई अर्को दलले समर्थन नगर्न सक्छ, त्यसैले दलबाहिरबाट भए मात्रै राष्ट्रिय सहमति हुनसक्छ। दलबाहिरको त्यस्तो छुट्टै प्रश्नालीटि भएको टावरिङ पर्सन कोही नभएको उनको भनाई छ। राष्ट्रपतिकालागि माओवादी पार्टीको प्रमुख भूमिका रहनेभएकाले छलफल भइरहेको नेता कोइरालाले बताए। ठुलो दलको हैसियतले राष्ट्रिय सहमति काँग्रेसकै उम्मेदवारलाई हुनुपर्ने कोइरालाको बुझाई छ।
उनले निर्वाचन पछि गठबन्धन तोडिनुमा नेपाली काँग्रेसकै कमजोरीका भएको र आगामी दिनमा गल्ती कमजोरी नहुने उनको भनाई छ। गठबन्धन पुन विउत्याउन सरकारको नेतृत्व गर्ने पार्टीमा निर्भर रहेको कोइरालाको बुझाई छ। राष्ट्रपति संविधानको संरक्षक र देशकै अभिभावक हुनुपर्नेमा गएको पाँच बर्ष दलविशेषको जसरी काम भएकाले राष्ट्रपति महत्त्वपूर्ण पद भएको उनको भनाई छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई मिचेर एमालेलाई सघाउने गरी काम गरेको भन्दै उनले राष्ट्रपतिको भूमिका अत्यन्तै महत्त्वपूर्ण भएको बताए।
उनले दलहरुको कमजोरीका कारण पूर्व राजा सल्बलाउन थालेको बताए। केही दिन पहिले पुर्वराजा ज्ञानेन्द्र शाले राजसंस्थासँग दलहरुले सहकार्य गर्नुपर्ने अभिव्यक्ति दिएसँगै लोकतन्त्रलाई कसरी सुदृढ गर्न सक्छौ सुशासन कति दिन सक्छौ भ्रष्टाचार कसरी मुक्त गर्न सक्छौ पारदर्शिता कति हुन्छौ त्यो सबै कुरा भए यी कुरा सब हट्दै जान्छ उनले भने, कतिपय पक्षमा राजनीतिक दल सरकारको दायित्व हुन्छ कतिपयमा नागरिकको दायित्व हुन्छ त्यसमा हामी चुकिरहेका छौ यो सबै पक्षमा सुधार भए यस्ता झिना मसिना कुरा आफै हराउँछ। नेता कोइरालाले देश विकासको लागि हो भने हरेक नागरिकसँग सहकार्य हुने बताए।



