मुन्धुमस्टर डतकम- एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्याग गरेको घोषणा गरेका छन । एमालेको प्रदेश १ कमिटीले कारबाहीका लागि पार्टी केन्द्रलाई सिफारिस गरेपछि प्रसाईंले आज एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
उनले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्यलाई सहभागी गराएर १ फागुनमा झापामा कार्यक्रम गरेका थिए । त्यसपछि प्रसाईंलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो ।
पार्टीको नीति र सिद्धान्तविपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेको प्रदेश कमिटीले जनाएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
