मुन्धुमस्टार डटकम — भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता एवम प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकले बताएका छन । उनको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ भने अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएको चिकित्सकहरुले बताएका छन ।
जसकारण तत्कालै अर्को सर्जरी गर्न नपर्ने चिकित्सकहरुको भनाइ छ । ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।
मुम्बई स्थित अस्पतालमा रहेका कांग्रेस नेता योगराज कँडेलकाअनुसार शनिबार मध्यान्ह काउन्सिलिङपछि डाक्टर सुनिल केस्वानीसहितको चिकित्सकहरुको टिमले भण्डारी अब खतरामुक्त बनेको जनाएका छन । शनिबारदेखि भण्डारीलाई पाइपमार्फत खाना खुवाउने तयारी छ । शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
