मुन्धुमस्टार डटकम — टर्कीको भूकम्प प्रभावित १० प्रान्तमा तीन महिने संकटकाल घोषणा गरिएको छ।
टर्कीका राष्ट्रपति रिसेप तय्यप एर्दोगानले भूकम्पबाट अतिप्रभावित दक्षिण–पूर्वी क्षेत्रका १० प्रान्तमा तीनमहिने संकटकाल घोषणा गरेका हुन्।
भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको बेला भूकम्प प्रभावित १० प्रान्तमा तीन महिनाका लागि संकटकाल घोषणा भएको बीबीसीले जनाएको छ।
उनका अनुसार टर्कीमा भूकम्पबाट अहिलेसम्म ३ हजार ५४९ जनाको मृत्यु भएको छ। त्यस्तै सिरियामा १६ सय भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ।
सोमबार टर्कीको गाजियान्टेप प्रान्तमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
