नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेकामा जोड दिए । कठिन संघर्षको बीचबाट कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको उनले बताए ।

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसँग एकताको कुरा भएको भन्दै उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एकताबाट पछि हटेको उल्लेख गरे ।