मुन्धुमस्टार डटकम​- सरकारले विना अनुमति संचालित सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले विना अनुमति संचालित सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हाे।

त्यस्तै आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पश्चात पनि चलिरहेका क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरेको छ। मापदण्ड पुरा गर्नका लागि भने आगामी असार मसान्त सम्मको सरकारले समय सीमा तोकेको छ।