नेकपा एमालेबाट सरकारमा सहभागी हुनेहरुको नामावलीमा राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तक्षेप गरेको खुलेको छ ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले टुंगो लगाएको नामावलीमा राष्ट्रपतिले हस्तक्षेप गरेको सो पार्टीका एक वरिष्ठ नेताले जानकारी दिए ।

उनका अनुसार ओलीले टुंगो लगाएको नाममा राष्ट्रिय सभा सदस्यसमेत रहेकी नेतृ विमला राई पौड्यालको नामावली थिएन ।

तर राष्ट्रपति भण्डारीले विमलालाई मन्त्री बनाउन अडान लिएपछि बलराम अधिकारीलाई सरकारमा पठाउने निर्णय स्थगित गरिएको ती नेताको दाबी छ ।

राईलाई परराष्ट्र मन्त्री बनाउन लागिएको हो । “राई परराष्ट्र मन्त्री हुँदा राम्रो नै सन्देश जान्छ,” ती नेताले भने ।

राई अहिले राष्ट्रिय सभा सदस्य हुन् । उनलाई २०७४ सालमा राष्ट्रपतिबाटै राष्ट्रिय सभा सदस्य बनाइएको थियो । उनको कार्यकाल २०८० सालसम्म रहेको छ ।

उनी २०७० सालमा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेकी थिइन् ।