फ्रान्सको पेरिसमा हुने ओलम्पिक–२०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’मा परेको छ ।

एएफसीले बिहीबार सार्वजनिक गरेको पहिलो चरणको ‘ड्र’अनुसार नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान समूह ‘सी’मा छन् ।

छनोटको पहिलो चरण आउँदो अप्रिल ३ देखि ११ तारिखसम्म हुनेछ । एएफसीले पहिलो चरणको छनोटमा रहेका २६ टिमलाई सात समूहमा विभाजन गरेको छ । त्यसमध्ये पाँच समूहमा चार र बाँकी दुई समूहमा तीन टिम रहेका छन् ।

समूहका शीर्ष टिम दोस्रो चरणका लागि छनोट हुनेछन् ।

पहिलो चरणको ‘ड्र’

समूह ए : उज्वेकिस्तान, जोर्डन, टिमोर लिस्टे र भुटान ।
समूह बी : म्यानमार, इरान, बंगलादेश र माल्दिभ्स ।
समूह सी : भियतनाम, नेपाल, प्यालेस्टाइन र अफगानिस्तान ।
समूह डी : थाइल्यान्ड, मंगोलिया, सिंगापुर र श्रीलंका ।
समूह ई : फिलिपिन्स, हङकङ, ताजिकिस्तान र पाकिस्तान ।
समूह एफ : चाइनिज ताइपेइ, इन्डोनेसिया र लेबनान ।
समूह जी : भारत, कीर्गिस्तान र तुर्कमेनिस्तान ।