गृहमन्त्री लामिछानेको मुद्दा पेसी सूचीको १ नम्बरमा
मुन्धुमस्टार
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटको सुनुवाइ पेसी सूचीको १ नम्बरमा परेको छ ।
उक्त रिटको सुनुवाइ सर्वोच्च अदालतका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा हुन लागेको हो । कार्कीका साथ इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र अनिलकुमार सिन्हा रहेका छन् ।
नागरिकता तथा राहदानीको विषय उठाउँँदै परेको रिटमा आज निवेदक र प्रतिवादी दुवै पक्षबाट बहस हुनेछ । बहसपछि इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
अन्तरिम आदेश जारी भएमा लामिछाने सांसदका साथै मन्त्री पद समेतबाट पन्छिनुपर्नेछ । आदेश जारी नभएको खण्डमा उनको पद यथास्थितिमै रहनेछ ।



