तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सेलिब्रिटीले पनि बधाई दिइरहेका छन् ।
गायक तथा भ्वाइस अफ नेपालको चौथो सिजनका कोच राजेशपायल राईले प्रचण्डलाई बधाई दिंदै छलाङ मारेर संसारलाई चकित पार्नुहोला भन्ने शुभकामना दिएका छन् ।
उनी लेख्छन्, ‘नेपाल र नेपालीको हितमा काम गर्दै विकासको अद्भूत पराकास्टा, छलाङ्ग मार्दै, संसारलाई चकित पार्नु होला, नयाँ प्रधानमन्त्रीको लागि हार्दिक बधाई तथा शुभकामना ।’
प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै खुमलटार पुगेका संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले पनि बधाई दिएका छन् । अन्य कलाकारले समेत सामाजिक सञ्जालबाट प्रचण्डलाई सफल कार्यकालको लागि भन्दै बधाई दिएका छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
