भ्वाइस अफ नेपाल सिजन ४ को सेमिफाइनलबाट टिम राजेश र टिम प्रविशाबाट क्रमशः सबिना योङहाङ र साहिल लिम्बू फाइनलमा प्रवेश गरेका छन् ।

आफ्ना निकटतम् प्रतिस्पर्धी पदम राई र प्रिज्वल नेपालीलाई हराउँदै उनीहरु फाइनलमा प्रवेश गरेका हुन् ।

शुक्रबार टिम राजेश र टिम प्रविशाबाट अन्तिम ४ मा सबिना र साहिल प्रवेश गरेका छन् भने शनिबार टिम राजु र टिम प्रमोदबाट दुई जना फाइनलमा प्रवेश गर्ने छन् ।

यी चारमध्ये एक जना सिजन ४ को विजेता घोषणा हुनेछ । डिजिटल अडिसनमा सहभागी भएका करिब ४१ हजार आवेदकमध्येबाट १२० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसन दिदै फाइनल मा आईपुगेको छ ।