नेपाल राष्ट्र बैंकले रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा कर्मचारी मागेको हो ।
बैंकलाई सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र.) १ जना र सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २४ जना आवश्यक परेको हो ।
उक्त पदपूर्तिका लागि आज भदौ १७ आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। आवेदन अनलाइनमार्फत दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
