नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा जारी रहेको छ ।

नयाँ नेतृत्वको चयनसँगै १ सय ३५ कार्यसमितिको चयन गर्ने महाधिवेशनका रुपमा लिइएको हेटौंडामा महाधिवेशनमा पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि आकांक्षीहरु धेरै देखिएका छन् ।

नवौं राष्ट्रिय महाधिवेशन निर्वाचन समितिले अध्यक्षको उम्मेदवारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क तोकेको छ। वरिष्ठ उपाध्यक्षका लागि २५ हजार‚ उपाध्यक्षका लागि २० हजार‚ महासचिवका लागि २५ हजार‚ उपमहासचिव‚ सचिव र कोषाध्यक्षका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ।

केन्द्रीय सदस्यका लागि १५ हजार‚ लेखा समिति संयोजकका लागि २० हजार र केन्द्रीय लेखा समिति सदस्यका लागि १५ हजार शुल्क तोकिएको छ।

यो खबर पढे