चर्चित खेलाडी राजकुमार राईको ‘सोल अफ द कमाण्डो’ प्रिमियर शो बेलायतमा हुने
चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘‘ सोल अफ द कमाण्डो’’ को प्रिमियर शो बेलायतमा हुने भएको छ ।
बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा २७ अगष्टमा प्रिमियर शो हुने भएको हो । प्रिमियर सो प्रर्दशन हुने जानकारी आइतवार अल्डरसर्टस्थित पत्रकार सम्मेलन गरि निमार्ण पक्षले दिएका छन । प्रिमियर शो का लागि आवश्यक तयारी भइसकेको बताएका हुन ।
नेपालको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको निर्देशन युवराज राई (वीरबहादुर राई) गरेका हुन । विजया राईको प्रस्तुती रहेको चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका छन ।
‘प्रिमियर शो का लागि सबै तयारी पुरा भैसकेको छ’ प्रस्तुतकर्ता विजया राईले भनिन ‘अब हामी दर्शकको पर्खाइमा छौं ।’ प्रिमियरमा चलचित्रका सबै कलाकारको उपस्थिती रहने उनले बताइन ।
एक आर्मीकोे संघर्षलाई कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ । प्रिमियरका लागि दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको छ । संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ ।

चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुको अभिनय रहेको छ ।
चलचित्रको संगीत सन्तोष दुमी र आनन्द राईले गरेका हुन भने गीत राजकुमार राई र चत्तरभक्त राईले लेखेका हुन । चलचित्रको द्धन्द्ध एनवी महर्जनको हो भने छायांकन दीर्घ गुरुङले गरेका छन ।
पत्रकार सम्मेलनमा चलचित्र निमार्ता बिनोद मानन्धर र नेपाल चलचित्र कलाकार संघ बेलायतका अध्यक्ष रोमियन लिम्बुको समेत उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सन्चालन रोमियन लिम्बुले गरेका थिइन ।



