वैज्ञानिकहरूले कोराना भाइरसले अल्प वा दिर्घकालसम्म मानव मुटु र कार्डियोभास्कुलर स्वास्थ्यलाई प्रभाावित गर्न सक्ने तथ्य पत्ता लगाएका छन् । यो प्रभाव कोभिड–१९ बाट गम्भीर बिरामी परेका व्यक्तिहरूमा मात्र सीमित नरहने बताइएको छ ।

सुरुमा कोभिडलाई श्वास प्रश्वास सम्बन्धी रोग र यसले मानिसको फोक्सोलाई मात्र आक्रमण गर्ने बताइएको थियो ।

अमेरिकाको न्युयोर्क सिटीस्थित लेनोक्स हिल हस्पिटलका मुटु रोग विशेषज्ञ डा. आएसिता द्विवेदीले याहु न्युजलाई भनकी छन्, “अन्य भाइरल संक्रमणमा जस्तै कोभिड १९ ले पनि हाम्रो शरीर सुन्निने गर्दछ । यस्तो सुन्निने प्रक्रियाले हाम्रा शरीरका मुटु लगायत कुनै पनि अंगमा असर पार्न सक्छ ।”

पछिल्लो समयमा वैज्ञानिकहरूले कोरोनाका कारण हुने थुप्रै लक्षणहरूको सूची बनाउने क्रममा यसले मुटु लगायत सबै अंगलाई प्रभावित गर्न सक्ने तथ्य पत्ता लगाएका हुन् ।

हालै अमेरिकाको योद्धाहरूका मामिला विभागले गरेको एक अध्ययनले गम्भीर रूपमा कोभिड संक्रमण भएका व्यक्तिमा मुटुको नयाँ समस्या र अन्य गम्भीर कार्डियोभास्कुलर गडबडी देखिने खतराको सम्भावना निकै उच्च रहेको पत्ता लगाएको हो ।

यस अध्ययनमा कोरोनाविरुद्धको खोप तयार हुनुअघि कोरोना संक्रमित एकलाख ५० हजार व्यक्तिमा दखोपरेका नयाँ कार्डियोभास्कुलर समस्याहरूको दर कहिल्यै संक्रमित नभएका ५६ लाख मानिससँग तुलना गरिएको थियो । साथै त्यो दर महामारी सुरु हुन अघि ५९ लाख मानिसबाट संकलित यस सम्बन्धित तथ्यांकसँग पनि तुलना गरिएको थियो ।

अनुसन्धानकर्ताहरूले कोभिड १९ संक्रमणमा परेर गम्भीर रूपमा बिरामी भएर निको भएका मानिसहरूमा संक्रमणको शिकार नभएकाहरूका तुलनामा हृदयाघात, आर्थिमियास, मस्तिष्कघातलगायत मुटु सम्बन्धी समस्या बढ्ने खतरा ६३ प्रतिशतले बढी रहेको पाएका छन् ।

यस अध्ययनले अस्पतालमा भर्ना गर्नु नपर्ने गरी हल्का कोभिड १९ संक्रमण भएकाहरूमा पनि एकवर्षपछि मुटुको समस्याहरू हुने खतराको उच्च सम्भावना रहेको जनाएको छ । याहु न्युजबाट ।