काठमाडौं- विगत लामो समयदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण रोकिएको हास्य कलाकार गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम पुन: सुरु हुने भएको छ ।

‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम आगमी जेठ २८ गते शनिबार राष्ट्रिय नाचघर काठमाडौमा बिशिष्ट ब्याक्तित्वका साथ वरिष्ठ कलाकारहरुको उपस्थितिमा कार्यक्रम हुनेछ ।

हास्य कलाकार ईशाराले विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रामदेखि विभिन्न पिडितहरुलाई उपचार र सहयोग गर्न सफल एक समाजसेवी तथा कलाकार हुन् ।

कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पिडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको कलाकार ईशाराले बताए ।

यो कार्यक्रम जुनतारा सास्कृतिक सेवा समाज र झर्ना कला केन्द्रको संयुक्त आयोजनामा हुने हास्यकलाकार ईशाराले जानकारी दिए ।

कलाकार इशाराको गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ रहेको छ । त्यस्तैगरि दर्जनौ म्युजिक भिडियोको निर्देशन र थुप्रै इभेन्ट अर्गानाइज गरेका छन ।

कलाकार इशाराले कलाको माध्यामबाट कार्यक्रम गरी थुप्रै मुटु र किड्नी रोगीहरुको उपचार खर्च जुटाईदिएर सहयोग गर्दै आएको छन ।