काठमाडौं । किराती संस्कृतिमा आधारीत ‘पौ’ अर्थात सम्बन्ध चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

प्रमिला नाछिरिङ, दिलिप तामाङ, सोनु पुमा, भुमिचन्द्र नाछिरिङ, भलकाजी नाछिरिङ र अनिल नाछिरिङको अभिनय रहेको ‘पौ’ अर्थात सम्बन्ध चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।

मुन्धुमस्टार मिडिया प्रा. लि. को ब्यानरमा प्रमिला म्युजिक प्रा. लि. प्रोडक्सनको सहकार्यमा चलचित्र निर्माण भएको हो ।

सुमन बाङदेलले निर्देशन गरेका सो चलचित्र शूटिङ भने आज भन्दा एक दशक अघी नै भएको थियो । तर बिबिध प्राबिधिक कारणले पुरा हुन सकेको थिएन, अब पुरा भएको छ केहि समयपछी चलचित्र छिट्टै प्रदर्शनमा आउनेछ ।

किराती संस्कृतिमा आधारीत रहेको छ, बिशेष गरी किरात नाछिरिङको संस्कृतिमा आधारीत र खोटाङको गाउँ घरमा छायाङकन गरिएको निर्देशक सुमन बाङदेलले बताए ।

मरुभुमी नारायानको छायांकन, नरत्तम पाण्डेको सम्पादन रहेको चलचित्रमा प्रमिला नाछिरिङको कथा, निरनजना नाछिरिङ, तेज नाछिरिङ, तारा नाछिरिङ, अनिल नाछिरिङ, मानसिंह नाछिरिङ, राजबहादुर नाछिरिङ र डेन्डु नाछिरिङ पटकथा रहेको छ । भुमिचन्द्र नाछिरिङ, शान्ती नाछिरिङ र सबिता राई यो चलचित्रका सहनिर्माता छन् ।