पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा ४६३ कोरोना संक्रमित थपिएका छन् ।
सबैभन्दा धेरै काठमाडौंमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चौबीस घण्टामा कोभिड–१९ संक्रमणका कारण नौ जनाको मृत्यु भएको छ । एक हजार ७१४ संक्रमित थपिएका छन् ।
चौबीस घण्टामा चार हजार ७७१ संक्रमित निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको मन्त्रालयले जनाएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
