काठमाण्डौ – चर्चित गायिका कला राईको ‘आउँछु भन्दै’ गीत सार्वजनिक भएको छ ।

‘आउँछु भन्दै’ गीतको अफिसिय म्युजिक भिडियो गायिका कला राईको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रस्तुत गीतमा गीतकार सन्जय बरालको शब्द, रुबेन शाहीको संगीत रहेको छ ।

गायिका कला राईले नै फिचरिङ गरेको शनिबार सार्वजनिक गरिएको लिप्सिङ भिडियालाई अनिल कटुवालले तयार पारेका हुन् ।

लोकप्रिय गायिका कला राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘आउँछु भन्दै’ सहित दर्जानौ चर्चित गीतहरु पस्किएकी छिन ।

भोजपुरे गायिका राईले यस गीतमा पर्खी बसेको मायालुको वयान गरेकी छिन् ।