स्विट्जरल्याण्ड सरकारले सु’साइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ ।

यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पी’डाबिना मृ’त्यु दिन सक्छ । यो मेसिन कफिनको आकारको छ ।

यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिनेटभित्र मृ’त्यु हुन्छ ।

एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा .फिलिप निट्स्केले यो मृ’त्युको मेसिन बनाएका हुन् ।

उनलाई डा. डेथ पनि भनिन्छ । स्विट्जरल्याण्डमा इच्छा मृ’त्युले कानुनी मान्यता पाइसकेको छ ।

एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १३०० जनाले अरुको सहयोगमा आ’त्मह’त्या गरेका थिए ।

यो मेसिन यस्ता मानिसहरुको लागि बनाइएको बताइन्छ जो बि’रामी भएर हिँडडुल गर्न पनि सक्दैनन् ।

ब्रिटिस वेबसाइट इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यो मेसिनलाई भित्रबाट पनि अपरेट गर्न सकिन्छ ।

बि’रामी व्यक्तिले मेसिनभित्रबाट आँखा झिम्क्याएर पनि यो मेसिन चलाउन सक्छ ।

यो मेसिनमा बायोडिग्रेडेबल क्याप्सुल जडान गरिएको छ जसलाई कफिनजस्तै प्रयोग गर्न सकिन्छ ।

यो मेसिनलाई सार्को नाम दिइएको छ । अहिले यसको प्रोटोटाइप पेश गरिएको छ । डा . निट्स्केले भने ‘यति सबै ठिक रह्यो भने अर्को वर्षसम्म यो मेसिन उपलब्ध हुनेछ ।

यो अहिलेसम्मको सबैभन्दा महंगो प्रोजेक्ट हो । तर, हामी यसको धेरै नजिक छौं ।’

यद्यपि यस्तो मेसिन बनाएकोमा डा. निट्स्केको आ’लोचना पनि भइरहेको छ ।

केही मानिसहरुले मेसिन प्रयोग गर्ने तरिकामाथि प्रश्न उठाएका छन् । उनीहरुले यसलाई ख’तरनाक ग्यास च्याम्बर भनेका छन् ।

केही मानिसहरुले यो मेसिनले मानिसहरुलाई आ’त्मह’त्याको लागि उक्साउने दावी पनि गरेका छन् । अहिलेलाई २ वटा मेसिन प्रोटोटाइप तयार छन् ।

तेस्रो मेसिनको निर्माण पनि भइरहेको छ । अर्को वर्षसम्म यो तयार हुने सम्भावना छ ।