खोप लगाउन नमान्दा अस्पतालमा श’वको थुप्रो
अघिल्लो वर्ष कोभिड विरुद्धको खोप अभियान दु्रुत गतिमा सुरु गरे पनि रोमानियामा अहिलेसम्म केबल ३६ प्रतिशत जनताले मात्र खोप लगाएका छन् । यो भनेको युरोपेली क्षेत्रकै सबैभन्दा कम खोप दर हो ।
स्वास्थ्यकर्मी र आधिकारिक निकायहरुका अनुसार विभिन्न कारणवश् देशको खोप दर प्रभावित भएको छ ।
यसमा सबैभन्दा पहिले त नागरिकहरुले खोपमाथि ग’म्भीर शं’का व्यक्त गर्दै आएका छन् ।
कतिले धार्मिक विश्वासका कारण त कतिले सामाजिक संजालमा फैलिएका ग’लत अफवाहबाट सूचीत भएर खोप नलगाउने निर्णय गरिरहेका छन् ।
हाल चौथो लहरको कोभिड सं’क्रमण सामाना गरिरहेको रोमेनियाका अस्पतालहरुमा यसको प्रभाव देखा पर्न थालिसकेको छ ।
जस्तै राजधानीको सबैभन्दा ठूलो स्वास्थ्य संस्था, बुचरेस्ट युनिभर्सिटी अस्पतालमा केबल १५ शवको क्षमता भएको मु’र्दाघरमा हाल प्लास्टिकले बेरिएका ४१ श’व थुप्रिसकेका छन् ।
अप्रत्याशित कोभिड मृ’त्युले त्यहाँ श’वको व्यवस्थापनलाई अत्यन्तै कठिन बनाइदिएको छ ।
अहिलेको चौथो लहर, म’हामारी अवधिकै सबैभन्दा भयानक भएको व्याख्या गरिएको छ ।
बुचारेस्टकी एक नर्स, क्लाउड्यु बताउँछिन् , “मैले यो जागिर सुरु गर्दा यस्तो दिन पनि देख्नुपर्ला भनेर कहिल्यै सोचेकी थिइनँ ।
यहाँ हामीले कोरोनाका कारण एउटा पूरै परिवारलाई बिदा गर्नुपरिरहेको छ । यो वास्तवमै अत्यन्तै क’ठोर र क्रु’र कुरा हो । ”
त्यहाँ कोभिडका बि’रामीका लागि भनेर स्थापित गरिएको नयाँ इन्टेस्भि युनिट समेत भरिसकेको अवस्था छ र बि’रामीको मृ’त्युपछि मात्र बेड खालि भइरहेका छन् ।
बुचरेस्टकै डाक्टर एलेक्जेन्ड्रा मुनटिनुका अनुसार मानिसहरुलाई अझैपनि कोरोना भाइरस साँच्चिकै हो भन्ने आभास भइसकेको छैन ।
उनी भन्छिन्, “यहाँ म सहित धेरै डाक्टरहरुले कोभिडका बि’रामीलाई नै यो रो’ग वास्तविक हो भनेर विश्वास दिलाइरहनु परेको छ । ”
रोमनियन सिनेटकै एक सदस्य डिएना सोसोआका देशको सबैभन्दा चर्को आवाज उठाउने र हाइ प्रोफाइल खोप वि’रोधी हुन् ।
एकपटक त उनले खोप केन्द्रमा गएर मान्छेहरुलाई प्रवेश गर्नै नदिन खोजेकी थिइन् ।
आफ्नो फेसबुक पेजको भिडियोमा उनले भनेकी छन्, “यदि तपाईँ आफ्नो छोराछोरीलाई माया गर्नुहुन्छ भने खोप लगाउन बन्द गर्नुहोस् । उनीहरुलाई न’मार्नुहोस् । ”
रोमेनियामा बालबालिकाका लागि पनि सुरक्षित साबित गरि खोप लगाउन सुरु गरिएको छ ।
तर डिएना जस्ता धेरैले सामाजिक संजाल र स्थानीय टेलिभिजन समेतमा ग’लत अ’फवाह फैलाउन छाडेका छैनन् ।
यस्तोमा स्वास्थ्यकर्मीहरु समाजका परिचित व्यक्तिहरुले नै म’हामारी रोक्ने आफूहरुको प्रयास खेर फालिरहेको दुः’खी हुँदै गु’नासो गरिरहेका छन् ।
राष्ट्रिय खोप अभियान सञ्चालन गरिरहेकी अर्की आर्मीकी डाक्टर भलेरिउ ज्योघिता भन्छिन्, “अब तपाईँ वास्तविकता हेर्नुहोस् । हाम्रा सबै आ’इसीयु खचाखच भरिएका छन् ।
नयाँ बि’रामी थपिने क्रम रोकिएको छैन । र दु’र्भाग्यवश् दैनिक सयौँको ज्या’न गइरहेको छ । त्यसैले वास्तविकता यो हो ।”
उनका अनुसार कोभिडका कारण मृ’त्यु भइरहेका ९० प्रतिशतले खोप लगाएका छैनन् ।
यस्तोमा बुचारेस्सटको आधा भवन छोपिने गरि एउटा ठूलो ब्यानर राखिएको छ जसमा आ’इसीयुमा भर्ना बि’रामी र डाक्टरहरुको तस्बिर सहित ‘उनीहरु निस्सासिरहेका छन् ।
उनीहरु हामीसँग भिख मागिरहेका छन् । उनीहरुलाई धेरै प’छुतो छ’ भनेर लेखिएको छ ।
मेयर नै खोपका वि’रोधी
अझ विशेषगरी ग्रामीण क्षेत्रहरुमा खोप सम्बन्धी शं’का झन व्यापक रहेको पाइन्छ ।
बुचरेस्टको उत्तरपूर्वमा केबल एक घण्टाको उडानमा पुगिने सुसेभा काउन्टीमा देशकै सबैभन्दा कम खोप दर रहेको छ ।
त्यहाँको मुख्य अस्पतालका म्यानेजर डाक्टर एलेक्जेन्ड्रयु भन्छन्, “यो काउन्टी अत्यन्तै धार्मिक छ । यहाँका धार्मिक आस्था एकदमै बलियो छ ।
र एकदम कमै पूजारीहरु खोपको पक्षमा भएको हुँदा उनीहरुले अरुलाई पनि खोप नलगाउन सुझाव दिने गरिरहेका हुन्छन् । ”
सुसेभा बाहिरको अर्को गाउँमा चाहिँ मेयरले नै खोपप्रति ग’म्भीर शं’का व्यक्त गर्दै आएका छन् ।
उनी पास्चर पनि हुन् । उनी भन्छन्, “हामी खोपको वि’रुद्धमा होइन हामी केबल हाम्रा चि’न्ताहरु हटाउन चाहन्छौँ ।
किनकी हामीले खोपका विभिन्न साइड–इफेक्ट बारे सुनेका छौँ । र हाम्रो विचारमा खोपमा प्रयोग भएका तत्व दाबी गरिए जति सुरक्षित छैनन् । त्यसैले कोभिड खोपहरु सुरक्षित छैनन् । ”
यसमा उनलाई मेडिकल डाटा देखाउँदा पनि उनले आफ्नो धारणा बदल्न मानेनन् । मेयर मिरनलाई उनले कहिले खोप लगाउने भनेर सोध्दा उनले अझैपनि “मलाई खोप चाहिँदैन । म पूर्ण रुपमा स्वस्थ छु ” भन्ने जवाफ दिने गरेका छन् । एजेन्सी



