‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुँदै
विभिन्न विधामा योगदान दिएका सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ।
विभिन्न विधामा योगदान दिएका सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ।
ड्रिम हाइ नेपाल प्रालिको र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डबारे बुधबार राजधानीको होटल सोल्टीमा कार्यक्रम गरी जानकारी गराइएको हो।
‘नेपाल मिडिया अवार्ड २०७८’ कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ।
‘टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ,’ आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल जिसीले भने, ‘उल्लेखित विधाबाहेक भूगोलतर्फ सात प्रदेशबाट २/२ जनालाई सम्मान गरिनेछ।
त्यसै गरी नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्याउने दुई विशिष्ठ सञ्चारकर्मीलाई लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गरिनेछ।’
नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पूर्वअध्यक्ष र सञ्चार विज्ञसहितको ५ सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरुको छनोट गर्ने आयोजकले बताएको छ।
कार्यक्रममा पत्रकार महासंघ सचिव पवन आचार्यले सञ्चारकर्मीहरुको कामलाई सम्मान गर्ने र हौसला दिने यस प्रकारको काममा महासंघले सहकार्य गर्न पाएको भन्दै खुसी व्यक्त गरे।



