बिना उपचार एचआ’इभी ए’ड्स ठीक भयो
अर्जेन्टिनाकी एक महिलाको बिना कुनै औषधि या उपचार विधि एचआ’इभी ए’ड्स आफैँ ठीक भएको छ ।
यो यस किसिमको विश्वकै दोस्रो दुर्लभ घटना भएको बताइएको छ ।
डाक्टरहरुको अनुमानमा ती बि’रामीको प्रतिरोधात्मक प्रणालीले आफैँ भाइरसलाई हटाउन सफल भएको हो ।
यसरी उनका एक अर्ब भन्दा बढी सेल्सहरुमा गरिएको परीक्षणपछि उनमा ए’चआ’इभी सं’क्रमणको कुनै निशान देखा नपरेको ‘आर्काइभ्स अफ इन्टरनल मेडिसिन’ को रिपोर्टमा उल्लेख छ ।
यदि यसको प्रक्रिया पत्ता लाग्ने हो भने वास्तवमै ए’चआ’इलाई प्रभावकारी रुपमा ठीक गर्ने या हटाउन सम्भावित तरिका भेटिनेछ ।
‘ए’चआ’इभी हट्न सक्छ ?’
यो खोजले अर्को के प्रमाणित गरेको छ भने केही मानिसहरुसँग ए’चआ’इभीलाई सफलतापूर्वक हटाउन प्राकृतिक क्षमता हुन्छ ।
त्यस्तै कतिको चाहिँ जिनले नै सं’क्रमणबाट जोगाउन सक्छ ।
तर ए’चआ’इभीबाट सं’क्रमित अधिकांश बि’रामीलाई जीवनभर ‘एन्टिरेट्रोभाइरल थेरापी’ को आवश्यकता पर्दछ ।
र यसमा उनीहरुले औषधि खान छाड्ने बित्तिकै भा’इरस फेरि जागेर स’मस्या उत्पन्न गराउँदछ ।
पछिल्ला केही वर्षहरुमा त्यस्ता बि’रामी फेला परिरहेका छन् जसले मेडिकल सहायता लिएर तर ए’चआ’इभीको औषधि नखाइ भा’इरसलाई दबाउन सकिरहेका छन् ।
जस्तै लन्डनका ए’डम केस्टिलेजोले ‘डोनर स्टेम–सेल’ को उपचार प्राप्त गरिसकेपछि आफ्नो ए’चआ’इभी औषधि छाडेका हुन् ।
यो एक किसिमको क्या’न्सर थेरापी हो जसक्रममा ए’चआ’इभी सं’क्रमित सेल्सहरु न’ष्ट गरिएको थियो ।
यति मात्र नभएर उनलाई दान दिने व्यक्ति विश्वका १ प्रतिशत त्यस्ता मानिसमा पर्दथे जो ए’चआ’इभलाई सेलमा प्रवेश गर्न या सं’क्रमण गर्नै नसक्ने जिन लिएर जन्मिएका थिए ।
यसबाहेक स्यानफ्रानसिस्कोकी लोरीन विलेनबर्ग पनि आफ्नै प्रतिरोधात्मक प्रणालीको बलमा ए’चआ’इभी मुक्त हुन सकेकी थिइन् ।
त्यसैले यस्ता घ’टनाहरुले अन्य बि’रामीमा पनि आशा दिलाइरहेको छ ।
यस अध्ययनका मुख्य खोजकर्ता डाक्टर छु युका अनुसार आफैँ भा’इरसबाट मुक्त हुन असक्षम मानिसहरुका लागि यसले नयाँ बाटो खुलाइदिनेछ ।
तर अझैपनि ए’चआ’इभीबारे धेरै तथ्य अध्ययन गर्नै बाँकी रहेको विज्ञहरुले बताएका छन् । एजेन्सी



