कलाकारबारे कुटनीतिक नियोगद्वारा शोधपुछ हुन थालेपछि सदस्यता वितरण स्थ’गित
विदेशी कुटनीतिक नियोगबाट कलाकारहरुका बारेमा शोधपुछ हुन थालेपछि नेपाल चलचित्र कलाकार संघले सदस्यता वितरण स्थ’गित गरेको छ ।
संघले कलाकारहरूलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारहरूको निवेदन अनुसार प्रदान गर्दै आएको सिफारिस स्थ’गित गरेको हो ।
“सिफारिसमा केही विदेशी नियोगबाट सदस्य कलाकारको बारेमा सोधनी भै आएकोले संघ र कलाकारको गरिमालाई यथावत राख्न जरूरी भएकाले सो सम्बन्धमा सम्बन्धित पक्षसँग पत्राचार गरी सत्यतथ्य पत्ता लगाउनु पर्ने भएकाले हाललाई सिफारिससमेत स्थ’गित गर्ने निर्णय गरेको हो,” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघको विधानमा कम्तिमा ५ वटा ब्यवसायिक चलचित्रमा अनुबन्ध भएर काम गरेका कलाकारलाई साधारण सदस्य प्रदान गर्ने उल्लेख छ ।
केही सदस्यताको आवेदन सम्बन्धमा उ’जुरी परेकाले बुझ्नु पर्ने भएकाले संघले सदस्यताको विषयमा छानबिन गर्न लागेको जनाएको छ ।



