शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)को बैठक बस्दै छ ।

बैठक आज अपराह्न ५ बजे तिलगंगास्थित नेपाल पत्रकार महासंघको भवनमा बस्न लागेको हो ।

बैठकले वकिलहरूको आ’न्दोलन र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाका विषयमा धारणा बनाउने बताइएको छ ।

‘पापड’मा पेसगत संस्थाहरू नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, चिकित्सक संघ, प्राध्यापक संघलगायत आबद्ध छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार चरणबद्ध आ’न्दोलनमा छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू पनि प्रधानन्यायाधीश जबराको वि’रोधमा छन् ।

यसक्रममा सर्वोच्च परिसरमै प्रदर्शन र प्रहरी परिचालन भएको छ ।