युरोपियन च्याम्पियन इटालीले प्लेअफ खेल्नुपर्ने
रुसमा सम्पन्न २०१८ को विश्वकपमा स्थान बनाउन नसकेको इटाली फुटबलको नि’राशजनक क्षण फेरी दोहरिने सम्भावना बढेको छ ।
सोमबार राति विश्वकप छनोट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले सिधै विश्वकपमा स्थान बनाउने मौका गु’माएको छ ।
समूह ‘सी’ मा स्विट्जरल्यान्डले बुल्गेरियालाई ४–० ले ह’राएपछि इटाली प्लेअफबाट गु’ज्रिनु परेको हो ।
स्विट्जरल्यान्डले भने अर्को वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको हो ।
अघिल्लो संस्करणमा पनि इटालीले प्लेअफ खेल्नु परेको थियो ।
तर, स्विडेनसँग प्लेअफमा प’राजित भएपछि इटालीले रुसमा सम्पन्न विश्वकपमा स्थान बनाउन सकेको थिएन ।
त्यसपछि रोबर्टो मान्सिनीको नेतृत्वमा इटालीले विश्व फुटबलमा उत्कृष्ट फुटबल खेलेको थियो ।
धेरै कीर्तिमान पनि बनायो । तर, विश्व फुटबलको सबभन्दा ठूलो रंगमञ्चमा छनोट हुने इटालीको यात्रा भने फेरी लम्बिएको छ ।
प्रशिक्षक मान्सिनीको विश्वास
तर, प्रशिक्षक मान्सिनीले अघिल्लो संस्करणको जस्तो नजिता यसपटक नदोहरिने विश्वास व्यक्त गरेका छन् ।
‘‘म पूर्णरुपमा विश्वस्त छु । हामी मार्चमा कतारमा हुनेछौं र त्यो प्रतियोगिताको पनि उपाधि जित्नेछौं ।
भविष्य के हुन्छ के थाहा,’’ इटालीका प्रशिक्षक मान्सिनी विश्वस्त देखिए ।
२६ नोभेम्बरमा फिफालेजुरिचमा प्लेअफको ‘ड्र’ निकाल्ने छ । र, इटालीले विश्वकपमा स्थान बनाउनका लागि अब थप अर्को दुई प्रतिद्व’न्द्वीलाई पन्छाउनु पर्ने हुन्छ ।
दश उपविजेता र नेसन्स लिगको दुई समूहका विजेताले प्लेअफ खेल्नेछ । र, प्लेअफबाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
शुक्रबार राति स्विट्जरल्यान्डविरद्ध अन्तिम मिनेटमा प्राप्त पेनाल्टी अवसरमा जर्जिन्होले गोल गरिदिएको भए इटालीको कथा अर्कै हुनसक्थ्यो ।
तर, स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको युरोपियन च्याम्पियन इटालीले नर्दन आयरल्यान्डसँग पनि गोलरहित बराबरीमा रोकिएपछि स’कसमा परेको हो ।
‘‘यो दु’खद अवस्था हो । किनकी हामीले आज रातिको खेलअघि नै विश्वकपमा स्थान पक्का गरिसक्नुपथ्र्यो,’’ इटालीका प्रशिक्षक मान्सिनीले भने, ‘‘हामीलाई जुन कुराले फरक परिस्थिति बनायो त्यसलाई सम्झनुपर्छ ।
हामीले निर्णायक दुई पेनाल्टी अवसर सदुपयोग गर्न सकेनौं । त्यही ग’ल्तिले हामीलाई क’ठिन परिस्थितिमा धकेल्यो ।
हामीले वुल्गेरियालाई सहजै ह’राउनु पर्ने थियो । तर, स्विट्जरल्यान्डविरु’द्धको दुई ग’ल्तिले हामीलाई चो’ट पुर्यायो । हामीले ती खेल सजिलै जित्न सक्थ्यौं ।’’
समूह ‘सी’ मा स्विट्जरल्यान्डले आठ खेलबाट १८ अंक जोड्दा इटालीले १६ अंक जोडेको छ ।
नर्दन आयरल्यान्डको बेलफास्टमा इटालीले अहिलेसम्म विजय हासिल गर्न सकेको छैन ।
इटालीले दुई बराबरी खेलेको छ भने १९५८ मा हारेको छ । त्यो वर्ष पनि इटाली विश्वकपमा छनोट हुन सकेको थिएन ।



