आफ्ना भिडियोबाट युट्युबले ‘डि’स्लाइक बटन’ हटाउने
युट्युबले आफ्ना भिडियोबाट ‘डि’स्लाइक बटन’को फिचर हटाउने भएको छ।
रिर्पोटका अनुसार युट्युबले उ’त्पिड’न रोक्नको लागि भिडियोलाई कतिजनाले मन पराएको छैनन् भनेर देखाउने फिचर हटाउन लागेको हो।
यो परिवर्तन डि’स्लाइकबाट हुने आ’क्रमण कम गर्न ल्याइएको हो।
एक समूहको दर्शकहरुले डि’स्लाइकको संख्या सकेसम्म बढी गराएर भिडियोलाई न’राम्रो देखाउने भएकोले कम्पनीले यस्तो निर्णय लिएको हो।
युट्युबले डि’स्लाइक बटन मानिसहरुलाई न’राम्रो भिडियोमा आफ्नो प्रतिक्रिया दिन ल्याएको थियो।
हालसम्म धेरै डि’स्लाइक युट्युबकै रिवाइन्ड भिडियोमा आएको थियो।
तर योमार्फत केही सिर्जनाकर्ताहरुलाई भने न’करात्मक असर पारिरहेको रिर्पोटले जनाएको छ।
अब भने कम्पनीले कुनै भिडियोलाई कतिजनाले डि’स्लाइक गरेको देखाउने फिचर केही समयको लागि बन्द गरेर परीक्षण गरिरहने बताएको छ।
यसमा डि’स्लाइक बटन पुरै हटाइने छैन, र यो युट्युबको सिफारिस एल्गोरिदममा हुनेछ।
यसमा युट्युबरहरुले निजी रुपमा कतिजनाले उनीहरुको भिडियो डि’स्लाइक गरेका छन् भन्ने देख्ने छन्।
युट्युबको यो परिवर्तन अब चाँडै आउने याहु निउजले लेखेको छ।एजेन्सी



