राष्ट्रपति विद्यादेवी भण्डारी परिवारको तथ्यांक संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरिने भएको छ ।
भोलि (बिहीबार) बिहान साढे ९ बजे राष्ट्रपति परिवारको तथ्यांक संकलन गरेर जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
भोलि नै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गरिने विभागले जनाएको छ ।
विभागले आज गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको बताए ।
भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
