–निनाम कुलुङ ‘मंगले’
अक्टोर २२, सन् २०२१ को मितिमा ‘साल्पा अनलाइन न्युज पोर्टल’मा ‘लोकतन्त्रमा बहुमतको निर्णय हुन्छ, जनगणनामा राई नै लेखाऔं’ शीर्षकको समाचार छापिएको थियो । जुन भनाइ नेपाली राजनैतिक क्षेत्रका वरिष्ठ नेताका साथै पूर्वमन्त्री समेत रहनु भएका अशोक राई ज्युको हो ।

त्यसो त त्यसअघि पनि ‘साल्पा अनलाइन न्युज पोर्टल’मा जनक राई, दीलबहादुर आठपहरिया राई, लेखक राजन मुकारुङ ज्यु, सोलुखुम्बु, खोटाङ जिल्ला लगायतको समाचारका साथै राई यायोक्खाको केन्द्रीय अध्यक्ष, महासचिव ज्यु, गजुरधन राई, गायक राजेश पायल राई (राजेश पायल राईले बोलेको सो समाचार/भिडियो अन्तर्वार्ता भनाइ भेटिदैन, देखिदैन, साल्पा अनलाइनमा न्युज पोर्टलमा । हटाईएको हो कि ?!..) ज्यु लगायत राईवादी कामरेडहरुको भनाइहरु आई सकेको छ भने अझै पनि विभिन्न खाले राईहरुको भनाइ आउने क्रम जारी नै छ, भविश्यमा पनि ‘आगामी जनगणनामा राई लेखौं, लेखाऔं !’भन्ने समाचार र भनाइ (भिडियो अन्तर्वार्ताहरु) आई रहने छन् ।

तपाईहरु जो राई पद, पदवी वा पगरीलाई नै बिना आधार जात वा जाति मानैं र अरुलाई पनि मान भन्दै हुनुहुन्छ । यस्तो कार्यको मूल्यांकन अवश्य नै हाम्रा भावी पुस्ताले गर्ने छन् ।

यसरी हेर्दा राईवादी कामरेडहरुले आफ्नो पक्ष र पक्षधरताको मान्छेको समाचार (खास गरी १२ औं राष्ट्रिय जनगाणनामा राई लेखौं, लेखाऔं भन्ने समाचार र अन्तर्वार्ताहरु) बढी नै छापिने छन्, यस कार्यमा राई पत्रकारहरु कामरेडहरु विशेष लागीपर्ने छन् । वास्तवमा यस्तो कार्य जो कोही पक्ष र पक्षधरताहरुका लागि आवश्यक र जरुरी दुवै हुन्छ नै ।

तर, यस कार्य वा भनौं मामिलामा ‘कान्तिपुर’ जस्तो नेपालकै धेरै पाठक भएको र, ‘निजी क्षेत्रको धेरै बिक्ने पहिलो दैनिक पत्रिका !’ का पत्रकार गणेश राई ज्युलाई पनि माथ गर्नु भएको छ, विजय राई ज्युले । जसले ‘साल्पा अनलाइन न्युज पोर्टल’ सञ्चालन गर्नु भएको छ । यसअघि विजय राई ज्युले ‘सार्वजनिक डटकम’ नामक अनलाइन चलाउनु हुन्थ्यो । जे होस्, अहिलेको अवस्थामा अरु राईवादी पत्रकार कामरेडहरु त्यति नचम्किनु भए तापनि साल्पा अनलाइनका पत्रकार विजय राई ज्यु भने निक्कै चम्किनु भएको छ ।

अब लागौं विषय प्रवेशतर्फ। ‘साल्पा अनलाइन’ नामक अनलाइन ‘साल्पा अनलाइन न्युज पोर्टल’मा ‘लोकतन्त्रमा बहुमतको निर्णय हुन्छ, जनगणनामा राई नै लेखाऔं’ शीर्षकको समाचार वा जुन भनाइ आएको छ, सो भनाइ चानेचुने मान्छेको नभएर नेपाली राजनैतिक क्षेत्रका वरिष्ठ नेताका साथै पूर्वमन्त्री समेत रहनु भएका अशोक राई ज्युको हो । जे होस्, अशोक राई ज्युको सो भनाइ जुन समाचार र भिडियोको रुपमा साल्पा अनलाइनमा आएको छ, त्यसले असली जातीय स्वपहिचान चाहने हामी आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदिप्रति अशोक राई ज्युको दृष्टिकोण कस्तो थियो/रहेछ ? भन्ने अरु प्रस्ट भएको छ ।

फेरि साँच्चै भोलि गएर राईको जाति हुने आधारहरु खोज्दै जाँदा भेटिने संभावना नै छैन, तापनि भीड र संख्याको राजनीति मात्रै गर्ने, जातीय स्वपहिचान, साँचो अर्थमा लोकतन्त्र र मानवअधिकार भनेको के हो ?

उहाँको सो भनाइ जुन समाचार र भिडियोको रुपमा साल्पाले प्रचार गरेको छ, सो भनाइलाई मान्ने हो भने अशोक राई ज्यु र अरु राई भन्ने र, राई जातिवाला जो हुनुहुन्छ, उहाँहरुले पनि हामी आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदिको असली जातीय स्वपहिचानलाई मान्न तयार हुनुहुन्न भन्ने प्रस्टसँग देखाउँछ । जबकि हामी आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदिको असली जातीय स्वपहिचान राईले नदिने भएकैलै हामीले राईको फुर्को नझुन्ड्याउने, राईको फुर्को हटाउने भनेको वा हटाएको हो ।

नेपालको कुनै एक राजनैतिक दलको वरिष्ठ नेता तथा पूर्वमन्त्री भईसक्नु भएको अशोक राई ज्युलगायत राईवादी कामरेडहरु भने…!? अरु त अरु नै भई गए, तर अशोक राई ज्यु, हजुर त नेता पनि, मन्त्री पनि भईसक्नु भएको मान्छे हुनुहुन्छ । तपाईले त्यत्ति कुरो पनि बुझ्नु हुन्न ? हुन त अर्को कोणबाट हेर्दा अशोक राई ज्यु कुनै राजनैतिक दलको वरिष्ठ नेताका साथै मन्त्री पनि भईसक्नु भएको मान्छे हुनु भएकैले गर्दा उहाँलाई संख्या र भीडको राजनीति पनि राम्रोसँग थाहा छ, धेरै राम्रोसँग थाहा छ । तर, पनि उहाँलाई जातीय स्वपहिचान र भीड एवम् संख्याको प्रसंग धेरै फरक हो भन्ने ज्ञान रहेन छ भन्ने यो प्रसंग (आगामी १२ औं जनगणनामा राई लोखौं भन्ने) ले देखाएको छ ।

ल ठीकै छ, अशोक राई ज्युले भने जस्तै लोकतन्त्रमा बहुमतको निर्णय हुन्छ, यो कुरो मानौं । तर त्यही लोकतन्त्रमा अल्पमतको सम्मान र सुनुवाई पनि त हुन्छ होला नि ? कि यस बारेमा तपाईँ लगायत राईवादीहरु जो हुनुहुन्छ, तपाईँहरुलाई थाहा छैन, लोकतन्त्रमा पनि सम्मान र सुनुवाई हुन्छ भनेर ? फेरि साँच्चै भोलि गएर राईको जाति हुने आधारहरु खोज्दै जाँदा भेटिने संभावना नै छैन, तापनि भीड र संख्याको राजनीति मात्रै गर्ने, जातीय स्वपहिचान, साँचो अर्थमा लोकतन्त्र र मानवअधिकार भनेको के हो ? थाहा नहुने वा थाहा भए पनि गो’ली मा’र्ने र, फेरि पनि केवल भीड र संख्याको राजनीतिलाई मात्रै ध्यान दिनेहो भने , राई किन लेख्ने ? बरु नेपाल लेखौ, लेखाऊँ । त्यसो गर्दा लगभग ३ करोड ८/१० लाखदेखि ३ करोड २०/२२ लाखसम्म जनसंख्या पुग्नेहुने संभावना छ । आखिर जातीय स्वपहिचान र अ’पनत्वलाई गो’ली मा’र्ने ढंगले नै हजुरहरुले राजनीति र भीडको मात्रै वकालत गर्दै हुनुहुन्छ भने…।

 राई जाति नै हो भने, राई जाति हुने आधार उदाहरण आदि तथ्य, तर्क प्रमाण, इतिहास, पितापूर्खाको नाम सूची, वंश, परम्परा, राईको ऐतिहासिक भूमि, एक जाति राईको २८ वटा भाषाको कुरो, त्यसरी म एक जाति राई हुँ तर मेरो भाषाचाहिँ २८ वटा छ भनेर खरररर….. २८ वटा भाषामा बोल्न सक्ने मान्छे (जनता) हरु, आदिसहित हामीलाई देखाउनुहोस् ।

होइन भने त त्यसरी आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदि जो जानेर वा नजानेर हालसम्म राईकरणको मा’रमा परेका छन्, पारिएका छन्, उनीहरु आफ्नो असली जातीय स्वपहिचान आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदिले चिनिदा हजुरहरुको के बि’ग्रन्छ ? तँपाईहरु जो राईको वकालत गर्दै हुनुहुन्छ, कथित् राई जातिको नामममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर/एसडब्लुसी नं.–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता राई सर राईनी म्याडम ज्युहरुको चोचोमा मोचो मिलाउँदै हुनुहुन्छ ।

निश्चय नै राई जाति नै हो भने राई जाति हुने आधार उदाहरण आदि तथ्य, तर्क प्रमाण, इतिहास, पितापूर्खाको नाम सूची, वंश, परम्परा, राईको ऐतिहासिक भूमि, एक जाति राईको २८ वटा भाषाको कुरो, त्यसरी म एक जाति राई हुँ तर मेरो भाषाचाहिँ २८ वटा छ भनेर खरररर….. २८ वटा भाषामा बोल्न सक्ने मान्छे (जनता) हरु, आदिसहति हामीलाई देखाउनुहोस् । प्रमाण र तथ्यसहित कन्भिस् गराउनुहोस्, फगत … नभन्नुहोस्, अन्टसन्ट नबोल्नुहोस् । आफ्नो असली जातीय स्वपहिचानले चिनिन चाहने आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदि जो जानेर वा नजानेर राईकरणको मा’रमा परेका छन्, पारएका छन्, उनीहरुलाई आफै  त्यसरी राईकरणमै पारिरहने कु’चेष्ठा नगर्नुहोस् ।

हामी आफ्नो असली जातीय स्वपहिचानले चिनिन चाहने आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदि जो छौं, हामी त त्यसका लागि तयार छौं । राईवादी कामरेडहरु नि ? हजुरहरु पनि त्यसका लागि तयार हुनुहुन्छ होइन त ?

त्यसैले भोलि गएर विदेशीहरु खासरी गोराहरु र, नेपालका अनुदारवादी आर्यखस समूहका मान्छेहरुकै जस्तो इतिहास हजुरुहरु जो राईवादी हुनुहुन्छ, हजुरुहरुको इतिहास पनि त्यस्तै नबनोस् । जसले विश्वभरिका शा’सकहरु र विश्वभरका जनताहरुलाई बेटर लाईफ, सुशासन, मानवअधिकार, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि त सिकाउँछन्, पढाउँछन् तर… । त्यस्तै अशोक राई ज्युलगायत विभिन्न राजनैतिक दलका नेता, इतिहासकार, लेखक, विश्लेषक, वकिल, अधिकारकर्मी, मुन्धुमविद, कलाकार, अभियानकर्ता, पत्रकार, … आदि भनिनेहरुको हालको (राई जातै हो, त्यसैले यही कात्तिक २५ देखि मंसर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा राई लेखौं, लेखाऊँ भन्ने) गतिविधिले आफ्नो असली जातीय स्वपहिचानले चिनिन चाहने आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदि जो जानेर वा नजानेर राईकरणको मा’रमा परेका छन्, उनीहरुको आत्मनिर्णयको अधिकार, नेपालको संविधानले दिएको मौलिक हक, म वा हामी को हौं ? भन्ने व्यक्ति वा समुदाय आफैले घोषण गर्न पाउने आत्मनिर्णयको अधिकार आदिको ह’नन् गरिरहनु भएको जो छ, सो बारे तपाईँहरु (अशोक राई ज्युलगायत विभिन्न राजनैतिक दलका नेता, इतिहासकार, लेखक, विश्लेषक, वकिल, अधिकारकर्मी, मुन्धुमविद, कलाकार, अभियानकर्ता, पत्रकार, … आदि भनिनेहरु) ले आफ्नो भित्रै मनदेखि अन्तरह्रदयदेखि नै आत्मसमीक्षा गर्नुहोस् ।

भोलि गएर हाम्रा पनाति, खनाति, जनाति, मनातिहरुले हामी मध्ये (राईको संख्या र भीड देखाएर राजनीति गर्ने राईहरु र राई पद, पदवी वा पगरी मात्रै भएकोले सो राई पद, पदवी वा पगरी त्यागेर आफ्नो असली जातीय स्वपहिचान आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदिले चिनिन चाहन्छौ भन्नेहरु) अवश्य नै मूल्यांकन गर्ने छन्, समीक्षा गर्ने छन्, निचोड निकाल्ने छन् । हो, त्यसको दो’षभागी हुन तपाईहामी सबै अहिलेदेख नै तयार भएर बस्नुपर्ने छ । हामी आफ्नो असली जातीय स्वपहिचानले चिनिन चाहने आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदि जो छौं, हामी त त्यसका लागि तयार छौं । राईवादी कामरेडहरु नि ? हजुरहरु पनि त्यसका लागि तयार हुनुहुन्छ होइन त ?

त्यसैले अन्तमा तपाईहरु जो राई पद, पदवी वा पगरीलाई नै बिना आधार जात वा जाति मान्ने र अरुलाई पनि मान भन्दै हुनुहुन्छ । यस्तो कार्यको मूल्यांकन अवश्य नै हाम्रा भावी पुस्ताले गर्ने छन् । त्यसैले थोरै नै भए पनि आफ्नो असली जातीय स्वपहिचानले चिनिन चाहने आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदिलाई हजुरहरुले अनुरोध गर्नसम्म त ठीकै हो । तर, जबरजस्ती राई बन नत्रभने…भन्ने खालको आशय व्यक्त नगर्नु होस्, व्यवहार नदेखाउनु होस् ।

बरु अशोक राई ज्युलगायत विभिन्न राजनैतिक दलका नेता, इतिहासकार, लेखक, विश्लेषक, वकिल, अधिकारकर्मी, मुन्धुमविद, कलाकार, अभियानकर्ता, पत्रकार, … आदि भनिनेहरुले हामी अब आ-आफ्नो बाटो लागौं भन्नुहोस्, राई लेख्नेहरुले राई लेखौं । आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो÷जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदि लेख्नेहरुले आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो/जेरुङ, थुलुङ, नाछिरिङ, बान्तावा, मेवाहाङ, याम्फु, साम्पाङ आदि लेखौ भन्नुहोस् । यसैमा तपाईहामी सबैको कल्याण छ । वास्तवमा यो नै आत्मनिर्णयको अधिकार, मानवअधिकार, सुशासन, सहअस्तित्व, आत्मसम्मान, समावेशीता, प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र आदिको आत्मा पनि हो । सबैमा चेतना भया ?

आज्ञे राई ज्युहरुको ‘जो आज्ञा !, जो हुकुम !!, जो मर्जी !!!’

यो लेखकको निजि बिचार हो, थप जानकारीका लागिः ९८४९९८५९९७, ९८६२४३६०४९

ninamkirat123@gmail.com