डिशहोमले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी जडान गर्ने योजना ल्याएको जनाएको छ ।

४० एमबीपीएसको इन्टरनेट शुल्क एक वर्षको भ्याटबाहेक १३ हजार रुपैयाँ रहेको छ ।

यसबापत इन्टरनेट र आइपीटीभीको वार्षिक सब्स्क्रिप्सनका साथ आवश्यक ड्रप वायर, राउटर, सेटटप बक्स र जडान सबै निशुल्क हुने पनि जनाइएको छ ।

कम्पनीले १०० एमबीपीएसको इन्टरनेट शुल्क मात्र ९ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको डिशहोमले जनाएको छ ।