तान्जानियाली लेखक अब्दुलरजाक गुर्नाहले २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार जितेका छन् ।

उपनिवेशवादका प्रभावहरू र संस्कृति र महाद्वीपबीच खाडीमा शरणार्थीका भाग्यको बारेमा सम्झौताहीन र का’रुणिक चित्रणका लागि उनलाई यस वर्षको नोबेल पुरस्कारले सम्मान गरिएको हो ।

जन्जिबारमा जन्मिएका र इङ्ल्यान्डमा रहेका गुर्नाह केन्ट विश्व विद्यालयमा प्राध्यापक छन् । उनको ‘प्याराडाइज’ उपन्यास १९९४ मा बुकर पुरस्कारको सर्टलिस्टमा परेको थियो ।

नोबेल साहित्य कमिटीका अध्यक्ष एन्डर्सन ओल्सनले अब्दुलरजाक गुर्नाहलाई प्रख्यात पोस्ट कोलोनियल लेखकहरूमध्ये एक भनेका छन् ।

गुर्नाहले एक करोड स्वीस क्रोनर पुरस्कार पाएका छन् । गत वर्ष नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लुकले पाएका थिए ।

यसैबीच, यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पृथ्वीको जलवायु र यसले मानवतामा पार्ने प्रभावहरूको बारेमा स्युकूरो मानाबे, क्लाउज हसलम्यान र गोर्गिओ परिसिले पाएका छन् भने रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट अणु निर्माण कार्य विकसित गर्ने वैज्ञानिकद्वय बेन्जामिन लिस्ट र डेभिड म्याकमिलान सम्मानित भएका छन् ।एजेन्सी